सप्तकोशीको सेरोफेरो , दिँउसो २ बजे , फागुन ४


बन्दले विराटनगरको जनजिवन प्रभावित
विभिन्न संगठनहरुको बन्दका कारण विराटनगरको जनजीवन अस्तव्यस्त बनेको छ ।
निरन्तर आंशिक र पूर्ण रुपमा गरेर विराटनगरमा १२ दिनदेखि यातायात ठप्प छ । यातायात बन्द भएपछि आक्रोशित बनेका मजदुरहरुले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
उनीहरुले मजदुरका परिवारलाई भात खाने व्यवस्था गर्न मागगर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । व्यवसायीले भने यातायातकर्मीको सुरक्षा नभएको भन्दै बस र भ्यान लगेर जिल्ला प्रशासन कार्यालय घेराउ गरे ।
जिल्ला प्रशासन कार्यालयमा दर्जनौंको संख्यामा सवारी साधन लगेपछि प्रशासन कार्यालयको काम समेत ठप्प भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङले भने विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको बताएको छ । प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले बन्द गर्नेलाई पक्राउ गर्ने र सुरक्षा व्यवस्था कडा बनाउने नीति सुरु गरिएको बताउनु भयो ।
पछिल्लो चारदिनदेखि धरानमा मधेशी विद्यार्थीमाथि दूर्व्यवहार भएको भन्दै विराटनगर बन्द छ ।

चिनको वचनबद्धता

छिमेकी मुलुक चीनले नेपालको शान्तिप्रक्रिया, सेना समायोजन र संविधान निर्माणमा सहयोग गर्ने वचन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र चीनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिबीच बिहान भएको भेटमा यस्तो वचन दिएको हो ।
नेपालको शान्तिप्रक्रिया, सेना समायोजन र संविधान लेखनमा चासो राख्दै सहयोग गर्ने चीनियाँ प्रतिनिधिमण्डलले वचन दिएको प्रधामन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिनुभयो ।
भेटमा प्रतिनिधिमण्डलका सदस्यहरुले स्वतन्त्र तिब्बतको नारा उछाल्दै भइरहेको चीनविरोधी गतिबिधिबारे पनि चासो राखेका थिए ।
छलफलमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल 'एक चीन नीति'को पक्षमा रहेको र चीनविरुद्धमा हुने कुनै पनि गतिविधि नेपालमा हुन नदिने बताउनुभएको छ ।
प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालको र्सार्वभौमसत्ता र अखण्डताप्रति चीनको पूर्ण सहयोग रहने बताएका थिए । भेटका अवसरमा चीनिया टोलीले प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो दिएको छ ।
उपनिर्वाचनकालागी अधिकृत नियुक्त
निर्वाचन आयोगले आगामी चैत २८ गते हुने संविधानसभा सदस्यको उप-निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरूको नियुक्ति गरेको छ ।
आयोगले मोरङको निर्वाचन क्षेत्र नम्बर- ५ मा जिल्ला न्यायाधीश भरतप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।
आयोगले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार मोरङको क्षेत्र नम्बर- ७ को लागि मोरङका अतिरिक्त जिल्ला न्यायाधीश गोपाल भट्टर्राईलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
त्यसैगरी धनुषा क्षेत्र नम्बर- ५ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेल, कास्की- १ का लागि कास्कीका न्यायाधीश हरिकुमार पोखरेललाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
यसैगरी रोल्पा जिल्ला अदालतका न्यायधीश कृष्णकमल अधिकारीलाई रोल्पा- २ र कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश पद्मराज भट्टलाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर- ४ का लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
मन्त्री यादवको भनाइ
परराष्ट्र मन्त्री उपेन्द्र यादवले अहिलेको द्धन्द भनेको यथास्थितीबादी र परीवर्तनकारी विचको भएको बताउनु भएको छ ।
अहिलेको सरकारको मुख्य चुनौति शान्ति शुरक्षा ,राज्यको पुर्नसंरचना र संविधान निर्माण रहेको बताउदै यी कुराहरु पुरा गर्न दलिय सहमति आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दागं शाखाले विहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री यादवले यस्तो कुरा बताउनु भएको हो ।
उहाले नेपाल भारतको सिमा सिमांकन गर्ने काम २ स्थानमा बाहेक अन्यत्र अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।
मधेशि जनअधिकार फोरमका अध्यक्ष समेत रहेका यादवले नयाँ संबिधान निर्माण, संघिय प्रान्तको स्वरुप निर्धारण गरि राज्य पर्ूनसंरचना, पछाडि पारिएका समुदायलाई मुल धारमा ल्याउनु लगायतका काम गर्नुर् सरकारको दायित्व भए पनि त्यसमा चुनौति देखिएको यादवले बताउनु भयो ।

राजनीतिक दल र प्रहरीको सहकार्य हुनुपर्छ
पुर्वाञ्चल प्रहरी प्रमुख शारदाभक्त रंजितले मुलुकको बद्लिंदो परिस्थितिमा नागरिक समाजसंगको सहकार्यले मात्र शान्ति सुरक्षा सवल र सुदृढ हुनसक्ने बताउनु भएको छ ।
रंजितले त्यसका लागि सामुदायिक प्रहरीलाई कृयासिल बनाउनु पर्ने धारणा राख्नु भयो ।
शान्ति सुरक्षाको स्थितिबारे जानकारी लिन उदयपुर पुग्नु भएका रंजितले जिल्ला प्रहरी कार्यालय उदयपुरमा आयोजीत पत्रकार भेटघाटमा सो कुरा बताउनु भएको हो ।
उहाँले प्रहरी प्रशासनभित्र देखिएको कमजोरीलाई हर्टाई जनतासंग आधारित भएर जनताकै काम गरी शान्तिसुरक्षा वहाल गर्नु प्रहरीको पहिलो दायित्व भएको बताउनु भयो ।
उहाँले प्रहरीलाई विकास निर्माणका कार्यमा हुने बाधाव्यवधानलाई हर्टाई सहकार्य विकासको काममा सहयोग पुर्‍याउन निर्देशन दिएको जनाईएको छ ।
पर्ुवाञ्चल क्षेत्रमा सिराहा र सप्तरी जिल्लाको शान्ति सुरक्षाको स्थिति संवेदनशिल भएको बताउँदै त्यसका लागि सरकारले माघ १ गतेदेखि विशेष कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
बाटो बनाउनु पर्यो नी नत्र ..............
सडक निर्माणका लागि बजेट नछुट्याएको भन्दै खाँदबारी नगरपालिकाका कर्मचारीलाई कार्यालय भित्र थुनेर खाँदबारी ८ र ९ का स्थानीय बासिन्दा कार्यालय बाहिर धर्नामा बसेका छन ।
नगरपालिकाले अन्य सडकलाई रकम छुट्याउने निर्ण्र्ाागरेपनि निर्माणाधिन खाँदबारी - बाह्रविसे सभापोखरी सडकलाई रकम नछुट्याएको भर्न्र्दै स्थानिबासी आक्रोसित भएका हुन ।
नगरपालिकाले नगर क्षेत्रमा सडक निर्माणका लागि ६९ लाख ३१ हजार रुपैयाँ छुट्याउने निर्णय गरेपनि आँफुहरुलाई वेवास्था गरिएकोले नगरपालिका र दलका प्रतिनिधीका विरुद्ध आन्दोलन थालेको उनिहरुले बताएका छन ।
खाँदबारी ८ र ९ का करिव डेढ सय स्थानीय बासिन्दा अनिश्चीतकालिन धर्नामा बसेका हुन ।
सडक उपभोक्ताको धर्नाका कारण विहानै देखी नगरपालिकाको कार्यालयमा सेवा लिन आएका सेवाग्राही समेत सेवाविहिन भएर फर्किन बाध्य भएका छन् ।

No comments:

Post a Comment