षडयन्त्र हुदैछ - मन्त्रि शर्मा
शान्ति तथा पुर्न निर्माण मन्त्रि जर्नादन शर्मा प्रभाकरले सरकार ढाल्ने र माओवादी सरकार असफल बनाउने षडयन्त्र भैरहेको बताउनु भएको छ ।
विदेशीको इसारामा सरकार ढाल्न विभिन्न पक्षले चलखेल गरिरहेको उहाले बताउनु भयो । धनकुटामा माओवादी कायृक्रता भिम मगरको शालिक अनावरण गर्दै मन्त्रि शर्माले माओवादी विनाको सरकार २ घण्टा पनि नटिक्ने बताउनु भयो ।
उहाले नेपाली काग्रेसका सभापती गिरिजा प्रसाद कोइरालाले माओवादीको सरकार ढाल्छु भने पनि कोइरालाको नेतृत्व दुइ दिन पनि नटिक्ने बताउनु भयो ।
माओवादी विरुद्ध षडयन्त्र भइरहे प्रतिक्रान्तिहुने भएकाले सहमतीको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा अखिल क्रन्तिकारीका केन्द्रिय अध्यक्ष लेखनाथ न्यौपानेले माओवादीका नेता र मन्त्रिले सदरमुकाममा घर बनाए अखिल क्रन्तिकारीले भत्काइदिने बताउनु भएको छ ।
शिक्षामा बजारीकरण भैरहेकाले शैक्षिक जागरण आन्दोलनको नेतृत्व अखिल क्रन्तिकारीले गरिरहेको उहाले बताउनु भयो ।
बुढासुब्बाबाट धरान पन्छियो

धरानमा जारी बुढासुब्बा गोल्डकपको ११ औ सस्करणमा आयोजक धरान फुटवल कल्ब लाइ पन्छाउदै नविल थ्रिस्टर फाइनलमा प्रबेस गरेको छ ।
ट्राइबेकरमा थ्रिस्टारका गोल रक्षक किरण चेम्जोङगले धरानका बुद्ध चेम्जोङगले गरेको प्रहार रोके पछि थ्रिस्टारको फाइनल यात्रा पक्का भएको हो ।
घरेलु दर्शकको दवावामा परको थ्रिस्टारले सडकन डेथमा ५ -४ ले आयोजकलाइ पाखा लगायो ।
निर्धारीत समयमा समयमा एक एक गोल भएको खेलमा अतिरिक्त समयमा भने दुवै तफृबाट गोल हुन सकेन ।
ट्राइबेकरमा धरानका लागि राजु राइ , शेखर लिम्वु , बिष्णु सुनार र ऋषी राइ गोल गरे । बुद्ध चेम्जोङगको प्रहार भने थ्रिस्टारका रक्षकले बचाए ।
थ्रिस्टकार लागि सुरेन्द्र तामाङग , सन्दिप राइ , युगाल किशोर राइ , सन्तोष साउखल , बिकास सिङग क्षेत्रीले गरेको प्रहार गोलमा परिणत भयो ।
मध्यान्तर सम्म कुनै गोल नभएको प्रतियोगीतमा मध्यानतर पछिको साहौ मिनेटमा धरानका सुरेस सुनुवार आत्माघाती गोल गरे । आत्मघाती गोल भए पछि दर्शकले रेफ्री माथी ढुङगा हाने पछि केही बेर खेल अवरुद्ध समेत भएको थियो । घरेलु दर्शकको अत्याधकि र्समर्थन पाएको आयोजक धरानका लागि रिपेस अग्रवालले खेलको ४२ औ मिनेटमा गोल फर्काए आजको खेलको म्यान अफ द म्याच पनि रिपेस नै भए ।
भोली अन्तिम सेमिफाइनलमा आर्मी क्लव र नाइटचेसका विच प्रतिष्पर्धा हुने छ ।
पुलिसले इन्फाललाइ हरायो
झापामा भैरहेको प्रथम सहिद गोल्डकपमा नेपाल पुलीस सेमीफाइनलमा प्रबेस गरेको छ
पहुना टोली भारतको इन्फाल एकेडेमी मनिपुरलाइ एकका बिरुद्ध ३ गोलले पराजीत गर्दे पुलिस समेफाइनलमा प्रबेस गरेको हो ।
मध्यान्तर अगाडीको २० औ मिनेटमा इन्फल एकेडेमीका जित कुमारले १ गोल गरेका छन भने पुलिसका जुमानु राइले ३० औ मिनेटमा गोल गर्दै खेललाइ बराबरीमा पुर्याए ।
मध्यान्तरको २५ औ मिनेटमा पुलीसका लागि चेतन घिमीरे र दिपेन श्रेष्ठले गोल थपे । प्रतियोगीतामा भोली एन्फा एकेडेमी र मोरङ ११ विच खेल हुने छ ।
चारदिन पछि विराटनगर खुल्यो
चारदिन देखी बन्द विराटनगरको बजार र यातायात आइतबार दिउसो देखी खुलेको छ ।
स्थानिय प्रशासनले यातायत मजदुर र व्यबसायीको सुरक्षा गर्नै बताए पछि विराटनगरको बजार र यातायात खुलेको हो ।
यातायात बन्द भएपछि आक्रोशित बनेका मजदुरहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । मजदुर र व्यवसायीले प्रशासनमा धर्ना दिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले व्यवसायीलाइ सुरक्षा दिने प्रतिबद्धता जनाउनु भएको हो ।
पछिल्लो चारदिनदेखि धरानमा मधेशी विद्यार्थीमाथि दर्ूर्व्यवहार भएको भन्दै विराटनगर बन्दहुदा जनजिवन प्रभावित भएको थियो ।
पुवर्वाञ्चल इन्जिन्यरिङ क्याम्पस धरानमा मधेसी विद्यार्थीमाथी दुर्व्यवहार भएको भन्दै मधेसी जनअधिकार फोरम मधेस निकट विद्यार्थीले विराटनगर बन्द गर्दै आएका थिए ।
यसैविच बन्दका क्रममा पक्राउ परेका ९ जना बिद्यार्थीलाइ प्रहरीले धरान पठाएको छ ।
हतियार सहित पाँचजनालाइ प्रहरीले समात्यो

मोरगंको दुलारी ८ आमजुगींबाट प्रहरीले हतियार सहित पाँच जनालाई पक्राउ गरेको छ ।
डकैतीका लागि दुलारीको आमजुगीं पेगेका पाँचजना पेशेवार डाँकालाई २ थान कटुवा पेस्तोल,सो मा प्रयोग हुने ७ थान गोली र सटर खोल्नका लागि प्रयोग हुने १८ थान चाँबी पनि बरामद गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायब निरिक्षक दर्ुगा कोईरालाले बताउनुभयो ।
वहाँका अनुसार स्थानिय बासिन्दाको सहयोगमा सुनसरीको पकली ७ का किरण कुमार चौधरी,किशोर चौधरी,पकली ५ का अमजद मोहम्द मियाँ,पकली ३ का बद्री मियाँ र पकली २ का रसुल मियाँलाई हतियार सहित पक्राउ गरिएको हो ।
सोही समूहका पकली ३ का खर्ुइले मियाँ भने फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई हातहतियार खरखजना र डकैती उद्योग मुद्धाका कार्वाही गरिने प्रहरी नायब निरिक्षक कोईरालाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment