विहान ८ बजे फागुन ७


बुढासुब्बा गोल्डकपको उपाधीका लागि आर्मी र थ्रिस्टार भिड्दै


अन्तरष्ट्रिय वुढाशुव्वा गोल्डकपको एघारौ संस्करणको उपाधीकालागी आज थ्रिस्टार र नेपाल आर्मी क्लव भिड्दै छन ।
प्रतियोगीतामा आर्मी विएन स्पोर्टिङ क्लव वंगलादेश, नाईट चेस क्लव झापा र १९ बर्षमुनीका खेलाडि सम्मीलित एन्फा एकेडमीलाई जितेर फाईनलमा आइपुगेको हो ।
त्यसैगरी थ्री स्टारले इन्टर स्पोर्टस क्लव रुपेन्देहि, वेस्ट डिस्ट्रीक स्पोटस क्लव मनीपुर र आयोजक धरानलाई जितेर फाईनलमा पुगेको हो ।
दुइ पटक गोल्डकपको उपाधी जितीसकेको थ्री स्टार क्लव र त्रीभुवन आर्मी वीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
पोखरामा भएको आहा गोल्डकप प्रतियोगतामा नेपाल पुलिस क्लवसग हारेको त्रिभुवन आर्मि थ्री स्टारलाइ हराउदै उपाधी कव्जा गर्ने गर्ने दाउमा छ ।
२०५५ साल देखि शुरु भएको वुढासुब्बा गोल्डकपमा पहिलो सस्करणमा बेलगेरिया स्पोर्टिङ क्लव कलकत्ता भारतले जितेको थियो ।
त्यसैगरी दोस्रो सस्करणमा महेन्द्र पुलिस क्लव, तेस्रोमा धनमुन्दि क्लव वङगलादेश, चौथो र पाचौमा महेन्द्र पुलिस क्लव, छैठौमा मनाङ मस्याङदी,सातौमा थ्रीस्टार क्लव, आठौमा अफि्रकन युनाईटेड, नवौमा थ्री स्टार र दसौमा एनआरटी क्लवले बुढासुब्बा गोल्डकपको उपाधि जिती सकेका छन् ।
विजेताले एक लाख पचास हजार, उप विजेताले ७५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै उत्कृष्ट खेलाडिलाई २५ हजार, र्सवाधिक गोलकर्तालाई १५ हजार र म्यान अफ द म्याचलाई पाच हजार पुरस्कार दिईने आयोजक क्लवका अध्यक्ष सुवास र्राईले जानकारी दिनुभएको छ ।
उता झापाको बिर्तामोडमा जारी प्रथम सहिद गोल्डकप आमन्त्रण फुटबल प्रतियोगितामा आज युनाइटेड ब्वाइज स्पोर्टिङ कल्व झापा र एन्फा एकेडेमिको अण्डर नाइन्टीन टोली विच प्रतिष्पर्धा हुदैछ ।
आज पनि इलामको फिक्कल बन्द

इलामको फिक्कल खण्डमा मेची राजमार्गमा तिन दिन देखीको गाडी बन्द जारी छ । सशस्त्र द्वन्द्वको बेला विस्थापित कार्यालयहरुको पुनर्स्थापनाको माग गर्दै इलामको पूर्वी क्षेत्रका बासिन्दाले गाडी बन्द गराएका हुन् । पिक्कल बजार पनि बन्द रहेको छ ।
उनीहरुले द्वन्द्वका बेला सारिएका नेपाल वाणिज्य बैंक, कृषि बिकास बैंक र नेपाल विद्युत प्राधिकरणको काउण्टर शाखा आइतबारेमा सारिएको थियो । ती कार्यालयहरु पूनर्स्थापना गर्ने सम्पुर्ण प्रक्रिया पूरा भएपछि मात्र बन्द फिर्ता गर्ने बन्द आव्हानकर्ताहरुले बताएका छन् ।
गाडी बन्दका कारण यात्रुहरु मर्कामा परेका छन् ।
धरानबाट आठ जना पक्राउ


प्रहरीले गएराती धरानबाट ८ जनालाइ हतियार सहित पक्राउ गरेको छ ।
प्रहरीको गस्ति टोलीले धरानको दर्ुगापथबाट धरान ८का अमर गदाल आसिश बान्तवा आवास श्रेष्ठ मन्दिप राइ करण राइ, धरान १५ बाट प्रेम राइ , हेमराज मगर, कुमार विकलाइ पक्राउ गरेको हो । उनिलाइ धरेलु हतियार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment