फागुन ७ साझ


बुढासुब्बाको उपाधीमा थ्रिस्टारको ह्याट्रिक

अन्तरष्ट्रिय वुढासुव्वा गोल्डकपको एघारौ संस्करणको उपाधी ललितपुरको नविल थ्रिस्टार क्लवले जितेको छ । त्रीभुवन आर्मी लाइ सुन्यका विरुद्ध २ गोलले हराउदै थ्रिस्टारले उपाधी कब्जा गरेको हो ।
मध्यान्तर पछिको १३ औ मिनेटमा विसन गौचन र ४२ औ मिनेटमा षन्तोष साउखलले गरेको गालेले थ्रिस्टारलाइ उपाधी दिलाएको हो । यो जीत सगैं थ्रिस्टारले बुढासुब्बको उपाधीको ह्याट्रिक पुर्याएको छ । यस अधि पनि थ्रिस्टारले सातौ र नवौ संस्करण पनि जितेको थियो ।
थ्री स्टारक्लवर्,र् इन्टर स्पोर्टस क्लव रुपन्देहि, वेस्ट डिस्ट्रीक स्पोटस क्लव मनीपुर र आयोजक धरानलाई जितेर फाईनलमा आइपुगेको हो ।
त्यसैगरि आर्मीेक्लव, विएन स्पोर्टिङ क्लव वंगलादेश, नाईट चेस क्लव झापा र १९ बर्षमुनीका खेलाडि सम्मिलित एन्फा एकेडमीलाई जितेर फाईनलमा आइपुगेको हो ।
२०५५ साल देखि शुरु भएको वुढासुब्बा गोल्डकपमा पहिलो सस्करणमा बेलगेरिया स्पोर्टिङ क्लव कलकत्ता भारतले जितेको थियो ।
त्यसैगरी दोस्रो सस्करणमा महेन्द्र पुलिस क्लव, तेस्रोमा धनमुन्दि क्लव वङगलादेश, चौथो र पाचौमा महेन्द्र पुलिस क्लव, छैठौमा मनाङ मस्याङदी,सातौमा थ्रीस्टार क्लव, आठौमा अफि्रकन युनाईटेड, नवौमा थ्री स्टार र दसौमा एनआरटी क्लवले बुढासुब्बा गोल्डकपको उपाधि जिती सकेका छन् ।
आजको खेलको म्यान अफ द म्याच आर्मीका राजु तामाङ भए , त्यस्तै खेलको उत्कृट खेलाडी थ्रि स्टारका गोल रक्षक किरण चेमजोङ र र्सवाधिक गोल कर्ताको उपाधी आर्मिका हरि महतोले पाए ।
विजेताले एक लाख पचास हजार, उप विजेताले ७५ हजार पुरस्कार पाएका छन ।
त्यस्तै उत्कृष्ट खेलाडिलाई २५ हजार, र्सवाधिक गोलकर्तालाई १५ हजार र म्यान अफ द म्याचलाई पाच हजार पुरस्कार दिईने छ ।
उता झापाको बिर्तामोडमा जारी प्रथम सहिद गोल्डकप आमन्त्रण फुटबल प्रतियोगितामा एन्फा एकेडेमिको अण्डर नाइन्टीन टोली सेमिफाइनलमा पुगेको छ ।
आजको खेलमा युनाइटेड ब्वाइज स्पोर्टिङ कल्व झापा लाइ सुन्यका विरुद्ध एक गोलले पाखालगाउदै एन्फा सेमीफाइनल प्रवेस गरेको हो ।
एन्फकालागी खेल सुरु भएको तेस्रो मिनेटमा गणेश खडकाले गरेको गरेको गोल नै निर्ण्र्ाा गोल बन्यो । आजको खेलको म्यान अफ द म्याच पनि गणेश नै भए । भोली पहिलो सेमिफाइनलमा एन आरटी र एन एफ पी बङ्लादेश विच हुनेछ ।

ज्यान र्मानेहरु सर्वस्व सहित जीवनभर जेल

जिल्ला अदालत सुनसरीले सुनसरीको भरौल ३ का १८ बषर्ीय नगेन्द्र मोक्तानको हत्यामा संलग्न चारजनालाइ र्सवस्व सहित आजिवन कारवासको सजाय सुनाएको छ ।
जिल्ला अदालत सुनसरीको ३ नम्बर इजालाशका न्यायधिश कोषकुमार नेम्बागंको एकल इजालसले सो फेैसला सुनाएको हो ।
जिल्ला अदालत सुनसरीका अनुसार जिल्ल्ाा कारगार मोरगंमा रहेका भरौल ३ का अमृत धामी, हरिवहादुर भनिने गोपाल र्राई, बिष्णु धामी र प्रकाश थुलुगंको र्सवस्व सहित आजिवन कारवासको सजाय सुनाइएको हो ।
उनिहरुसगै कारगारमा रहेका स्थानिय व्रि्रम धामीलाइ भने चार जनालाई सुनाइएको सजायको आधा मात्र सजाय दिने र्फैसला अदालतले गरेको छ ।
सजाय पाएकाहरुले केटा केटी बीच टेलिफोन गरेको बिषयलाई लिएर नगेन्द्र मोक्तानलाई दर्ुइबर्षधि चैत्र १० गते राती सुतिरहेको ठाँउमा कट्टी प्रहार गरि हत्या गरेको मोक्तानका आफन्तले बताएका छन ।

No comments:

Post a Comment