राती १० बजे फागुन ७


आफ्नै भाइको हत्या
धरान ११ का पुष्प भुजेलले साझ आफ्नै भाइको हत्या गरेका छन ।
३२ बषिर्य भुजेलले चिर्पटले हानेर भाइ सिरे भुजेलको हत्या गरेको प्रहरीले बताएको छ । दाजुको चिर्पट प्रहारबाट २२ बषिर्य भुलेलको घटनास्थमै मृत्यु भएको छ ।
मृतकको सव अहिले पोष्टमार्टमकालाग्ी विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र भाइको हत्या गर्ने पुष्पलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उता भारतीय ट्रकको ठक्करबाट दिउसो विराटनगरमा एकजना महिलाको मृत्यु भएको छ ।
एल ओ १/ ७५७२ नम्बरको भारतीय ट्रकको ठक्करबाट विराटनगर २२ की ४० बषिर्या ठुलिया भन्ने महिलाको मृत्यु भएको हो ।
दिउसो २ बजे विराटनगर २२ रानीमा ट्रकको ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोशी अञ्चल अस्पतामा मृत्यु भएको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment