साँझ ७ बजे, फागुन ८

प्रधानमन्त्रिको र्कायक्रम पत्रकारले बहिस्कार गरे
समाचारसँकलनकालागि गएका पत्रकारहरुलाई प्रहरी र माओबादी कार्यकर्ताहरुले दर्ुर्ब्यवहार गरेको भन्दै सिराहाका पत्रकारहरुले प्रधानमन्त्रि पुष्पकमल दाहाल उपस्थित कार्यक्रम बहिस्कार गरेका छन ।सिराहाको लाहानमा आजदेखी सुरु एकिकृत नेकपा माओवादीको मिथिला राज्यको पहिलो अधिवेसनमा पुगेका पत्रकारलाइ सुरक्षाकर्मि र माओवादी कार्यक्रताले दुर्व्यर्वहार गरेको नेपाल पत्रकार महासंघ सिराहाले जनाएको छ । महासंघ सिराहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले विज्ञप्ती जारी गरि कार्यक्रा बहिस्कार गरेको जनाउनु भएको हो । कार्यक्रममा माओबादी अध्यक्ष प्रधानमन्त्रि प्रचण्ड, बरिष्ठ नेता किरण, बषर्ा मान पून, नारायणकाजी श्रेष्ठ,गिरीराजमणी पोख्रेल लगायत सिरहा आएका छन ।
बाढी पिडीतमाथी प्रहरीको लाठी
जिल्ला प्रशासनकार्यालयमा तालावन्दि गर्न गएका वाढीपीडितहरु र प्रहरीबिच भएको झडपमा तेहजना र्घाईते भएका छन ।बाढीपीडित सँर्घष्ा समितिको पर्ूव घोषितकार्यक्रम अनुसार तालावन्दि गर्न गएका वाढीपीडितहरुमाथि प्रहरीले लाठीचार्ज गर्दा तेह जना र्घाईते भएका हुन ।र्घाईते सवैको जिल्ला अस्पतालर् इनरुवामा उपचार भईरहेको छ ।यसैगरि जिल्ला स्थित कार्यालयहरुमा तालावन्दि गर्नगाडीमा आउदै गरेका वाढीपीडितहरुलाई प्रहरीले सुनसरी श्रीपुरको शिवचौकमा रोक्न हवाई फायर गरेको वाढीपीडित सँर्घष्ा समितिले जनाएको छ ।तर सुनसरीका प्रमुख जिल्ला अधिकारी दर्ुगा प्रसाद भण्डारीले घरेलुहतियार सहित आएका ब्यक्तिहरुले प्रहरीका हतियार र सँचारसेट खोस्न खोजेपछि प्रहरीले दर्ुइराउण्ड हवाई फायर गरेको बताउनुभयो ।बिस्थापितहरुलाई सटटाभर्ना,पर्ूनवास,क्षतिपर्ूर्ति लगायतका तेह बुदे माग गर्दै बिस्थापितहरु अस्तिकादिनदेखि आन्दोलित भएका हुन ।जिल्ला प्रसासनकार्यालयले भने अस्तिनै बिज्ञप्ती निकालेर वाढीपीडितहरुले घोषणा गरे अनुसारका आन्दोलन गरे कारवाही गर्ने समेत चेतावनी दिएको थियो ।
र्पुवमा मोवाइल बन्द
सिराहाको चौहर्वामा अप्टिकल फाइवर बिग्रिएपछि पर्ूवाञ्चलमा दर्ुइ दिनदेखि मोवाइल सेवा अवरुद्ध भएको छ । जमिन मुनि मुसाले फाइवरको तार काटेपछि मोवाइल सेवा अवरुद्ध भएको हो । पर्ूवाञ्चलमा २ लाख ५४ हजार प्रिपेड र १७ हजार ४५ पोस्टपेड मोवाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जानकारी दिएको छ । हिजो दिउ"सो अचानक मोवाइल सेवा अवरुद्ध भएपछि खोजी गर्ने क्रममा अपरान्ह सिराहामा अप्टिकल फाइवर बिग्रिएको पत्ता लागेको नेपाल टेलिकम पर्ूवाञ्चल क्ष्ँेत्रीय कार्यालयका उप-प्रबन्धक सरोजमानसिंह प्रधानले बताउनु भयो । उहा"का अनुसार हिजो राति नै विराटनगरबाट प्राविधिक टोली पठाइएपनि आज विहानबाट मात्रै मर्मत सम्भारको काम भईरहेको छ ।काठमाडौं विराटनगर जोड्ने मेन लिंकको रुपमा रहेको चौहर्वाको अप्टिकल फाइवर पटकपटक विग्रिदै आएको छ । यस अघि पनि चौहर्वामा अप्टिकल फाइवर विग्रिएपछि मोवाइल सेवा अवरुद्ध भएको थियो ।

एन आर टी शहिद गोल्डकपको फाइनलमा

काठमाण्डौ एन आर टी झापाको बिर्तामोडमा जारी प्रथम सहिद गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेस गरेको छ ।
सेमिफाइनलमा मर्निङ फुटवल कल्व बङ्लादेशलाइ सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै एन आर टीले फाइनलको यात्रा पक्का गरेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा एन आर टीले आक्रामक खेल प्रस्तुत गरेको थियो । एन आर टीका खेलाडीले पटक पटक गरेको प्रहार भने बङ्लादेशी टोलीका गोल रक्षक हारुनले गोलमा परिणत हुन दिएनन ।
तर मध्यान्तर पछिको ३५ औ मिनेटमा पिङकुर तामाङको पासलाइ अनिल गुरुङले जाली चुमाएरै छाडे । अन्तत अनिलको गोल नै आजको निर्ण्र्ााक गोल बन्यो ।
आजको खेलको म्यान अफ द म्याच पनि अनिल नै भए । भोली अन्तिम सेमिफाइनलमा १९ बर्षमुनिका खेलाडी रहेको एन्फा एकेडेमी र पुलिस क्लव विच प्रतिष्पर्धा हुने छ ।

विद्यार्थीले स्कुल बन्द गरे

सरचना परिवर्तन लगायतका १४ सुत्रिय माग राख्दै संघिय बिद्यार्थी युनियनले गरेको बन्दका कारण आज झापाका शैक्षिक सस्थाहरुको पठनपाठन ठप्प भएको छ ।
युनियनले त्रिबि समक्ष राखेका आफ्ना १४ बुदेँ माग उपर सम्बोधन नभएको भन्दै ५ दिनका लागी शैक्षिक सस्था बन्दको आवहृँन गरेको हो ।
झापाको बिर्तामोड, भद्रपुर, गौरादह लगायतका स्थानका उच्च माबि, क्याम्पस तथा बिद्यालयहरु आज ठप्प छ ।

No comments:

Post a Comment