तिन दिन देखीको आगलागी अझै निभेन
ताप्लेजुङको लेलेप- ७ नाम्जिलेसा स्थित कञ्चनजङ्घा संरक्षण व्यवस्थापन परिषद् क्षेत्रमा तीन दिनदेखि आगलागी भैरहेको छ ।
आगलागिमा परी लेलेपका नीमा तेन्जिगं र्शेपाको मृत्यु भएको छ । आगालगि अझै पुरै नियन्त्रणमा आइ नसकेको प्रहरीले बताएको छ ।
आगलागीका कारण २४ वटा भन्दा बढि चौँरी जलेर मरेको आशङ्का गरिएको छ । लेलेप र घुन्साबाट प्रहरीको टोली हिजो घटनास्थल गएको छ ।
सदरमुकाम फुङ्लिङबाट तीन दिनको पैदलायात्रा पछि मात्रै पुगिने भएकाले घटनाको विस्तृत विवरण आउन नसकेको प्रहरीको भनाइ छ ।
भोजपुरमा हत्या र झापामा मृत्यु
भोजपुर जिल्लाको उत्तरी केउरेनीपानी गाविसकी एक महिलाको हत्या भएको छ ।
भोजपुर केउरेनीपानी- ६ की १र्९र् वषीया शर्मिलादेवी भित्रिकोटीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।
तीनदिन अघिदेखि पानी लिन धारामा गएदेखि बेपत्ता भएकी शर्मिलाको शव फेला परेको बताइएको छ । हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाइ उधृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।
उता ध्ाान कुटाउने मिलको फित्ताले बेरिएर गम्भिर घाइते भएका झापा महारानीझेाडा २ का २८ बषर्ीय मित्र दाहालको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
लाईफलाइन अस्पताल दमकमा उपचार गराउदा गराउदै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाम र सुनसरीमा आज पनि बन्द छ ।


पाच दिन देखि वन्द नखुल्दा र्पुवी इलामको जनजीवन कष्टकर वन्दै गएको छ ।
वन्दले इलाम पाचथर लगायतका जिल्लामा दैनिक उपभोृग्य वस्त आपर्ुर्ति हुन नसक्दा जनजीवन पर्ुण्ा रुपमा प्रभावित वनेकेा छ ।
वन्दको पाचौ दिन आज वन्द कर्ताहरुले दुुध वोक्ने गाडीहरुमा समेत रोक लागएका छन ।
सशस्त्र द्वन्द्वको बेला विस्थापित कार्यालयहरुको पुनर्स्थापनाको माग गर्दै इलामको पर्ूर्वी क्षेत्रका बासिन्दाले यातायात आइतवारदेखि बन्द गराएका हुन्. ।
यता सुनसरीका कोशी विस्थापितहरुले आज पनि विहानै देखि लौकही हरिपुरमा यातायात वन्द गराएका छन । उनीहरुले कोशीको वाढीवाट क्षति भएका घर जग्गाको क्षतिपर्ुर्तिको माग गदै आन्दोलन थालेका हुन ।
यस्तै मधेसी बिद्यार्थी फोरमले सुनसरीको दुहवीमा यातायात वन्द गराएको पर्ूव क्षेत्रिय टाफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यातयात बन्दका कारण इटहरीबाट विराटनगरतर्फजाने सवारीका साधन बीच बाटोमै अलपत्र परेका छन् ।

No comments:

Post a Comment