राती १० बजे को बुलेटिन जस्ताको त्यस्तै


उपराष्टपति परमानन्द झाले संविधान निर्माणका लागि मुख्य चुनौति रहेको बताउनुभएको छ ।
मधेसी मिडिया मिसन सुनसरीले इनरुवा स्थित भगवती माविमा शनिवार आयोजना गरेको बृहत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सो कुरा बताउनुभएको हो ।
वहाँले संविधान निर्माण गर्न सबैको सहकार्य र सहमतिकाृे खाँचो रहेको बताउनुभयो ।
संविधान निर्माण नभएसम्म मधेसीको मुक्ति नहुने बताउनुभयो । संविधान नबनेसम्म मधेसीमा आन्दोलन जारी राख्नु पर्नेमा वहाँले जोड दिनुभयो ।
वहाँले संविधान निर्माणमा सबैलाई सक्रिय भएर अघि बढ्न समेत आग्रह गर्नुभयो । मधेस आन्दोलनमा शहिद भएका परिवार,सख्त घाइतेलाई राज्यले सम्मान गर्न पर्ने पनि वहाँले बताउनुभयो ।
वहाँले कोशी बाढी पिडितको वास्तिविकता आफूले बुझेकाले सोही अनुसार सरकारलाई सुझाव पनि दिईसकेको बहाँले बताउनुभयो ।
उपराष्टपति झा सो कार्यक्रममा बिहान १० बजे आउने बताएपनि सुनसरीका प्रमुख जिल्ला अधिकारी दर्ुगा प्रसाद भण्डारीले कोशी वाढी पिडित र मधेसी जनअधिकार फोरम मधेसले जिल्लाको बिभिन्न स्थानमा चक्काजाम र आन्दोलन गरेकाले सुरक्षा दिन नसक्ने बताएपछि वहाँ साझ ५ बजेमात्र कार्यक्रम स्थलमा आउनु भएको थियो ।
यसविच सप्तकोशी एफएमका प्रधानसम्पादक सहित सप्तकोशी एफएमका चार जना पत्रकार सम्मानित हुनुभएको छ ।
मधेश मिडिया मिसन सुनसरीले प्रधानसम्पादक लिलाराज भटटर्राई सहित सप्तकोशी एफएमका पत्रकारहरु प्रेम वास्तोला, सुमन पुरी र सीता मादेम्वालाइ सम्मान गरेको हो ।
मधेश आन्दोलनको समाचार निष्पक्ष रुपमा सँप्रेषण गरेर सहयोग पुरयाएको भन्दै उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्टपति परमानन्द झालर्ेर् इनरुवामा भएको कार्यक्रममा सम्मान गर्नुभएको हो ।
उहाँहरुसँगै नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष राजेश ब्रि्रोही,पर्ूवसभापतिहरु गोबिन्द घिमिरे,याम प्रधानपनि सम्मानित हुनुभएको छ ।
यसैगरि पत्रकारहरु केशब घिमिरे,सन्तोष यादव,अम्वर खडका,शँकर खरेल, शालिकग्राम पाण्डे, चेतन धमला, सुबिद गुरागाईर्,इकवाल अहमद लगायत १५ जना सम्मानित हुनुभएको छ ।
ऐतिहासिक बृहत सम्मान कार्यक्रममा मधेशआन्दोलनका शहिद परिवार,र्घाईते र सकृय आन्दोलनकारीलाई पनि सम्मान गरिएको छ ।
...........................................
काठमाण्डौवाट बर्डफ्लु नियन्त्रणकालागी झपा आएको प्राविधिक टोलीले संकट ग्रस्त क्षेत्रमा पुगेर काम थालेको छ ।
काठमाण्डौबाट आएको प्राविधिकको टोली सहित पँाचवटा टोली घटना स्थलमा पुगेर काम सुरु गरेको हो । प्रत्येक टोलीमा एकजना डाक्टर सहित ८ जना सदस्य सहेका छन ।
झापाको काँकरभिट्टामा वर्डफ्लु भेटिएको एक महिना नवित्दै शरणामती बर्डफ्लु भेटिए पछि त्यस क्षेत्रलाइ संकटग्रस्त क्षेत्र घोषणा गरि सरकारले नियन्त्रणको काम थालेको हो ।
टोलीले आजै देखी प्रभावित क्षेत्रका पंक्षिजन्य बस्तु नष्ट गर्न सुरु गरिएको स्थानिय प्रसाशनले जानकारी दिएको छ ।
त्यस क्षेत्रमा व्यवसायीक कुखुरा फारम नभएकाले तिन दिन देखी पाँचदिन भित्रमा संक्रमित क्षेत्र नियन्त्रणमा आउने प्रहरीको दावी छ ।
..........................................
सोलुखुम्बुको भकान्जे ७ मा साझ भएको आगलागीमा दुइ घर जलेर नष्ट भएको छ ।
स्थानिय दावा तेन्जिङ र्शेपाको बारी बाट साझ ५ बजे लागेको आगोले दोर्जे लामा र लाक्पा शर्ेपाको घर जलेको प्रहरीले बताएको छ । त्यहा आगोनिभाउन गएको प्रहरीले टोली नर्फकएकाले थप जानकारी नआएको प्हरीले बताएको छ ।
.......................................................
सरकार र तराइको सशस्त्र संगठन लिवरेशन टाइगर अफ तराइ इल्म -एलटिटिईं) बिच ५ बुंदे सहमती भएको छ ।
सरकार र एलटिटिइ बिच विरगेजमा दिउसो भएको बार्तामा बार्ता अबधिभर एलटिटिइका बार्ता टोली सदस्यको सुरक्षा सरकारले गर्ने, एलटिटिइले आफ्ना सशस्त्र कारवाही स्थगित गर्ने एवम् कानुनले निषेध गरेको कुनै पनि गतिबिधी संचालन नगर्ने र सरकारको तर्फाट पनि सो समुहका नेता तथा कार्यकर्ताहरुलाइ राजनितीक रुपमा ब्यबहार गर्ने सहमती भएको छ ।
त्यस्तै एलटिटिइले जेलमा रहेका र मुद्वा लगाइएको कार्यकर्ताहरुको नामावली सरकारलाइ उपलब्ध गराउने र सो सम्बन्धमा छनबिन गरी क्रमश रिहा गर्ने, स्वतन्त्र एवम शान्तिपर्ुण्ा रुपमा सभा, जुलुस, र्‍याली, गोष्ठि, सेमिनार तथा राष्ट्र निर्माणका कार्यक्रम सम्बन्धि कार्यक्रम जिल्ला प्रशासन कार्यलयसंग समन्वय गरी गर्न सकिने सहमती पनि भएको छ ।
बार्तामा सरकारका तर्फाट बार्ता टोली संयोजक एवम् शान्ति तथा पर्ुननिर्माण मन्त्री जनार्दन शर्मा प्रभाकर र एलटिटिइका बार्ता टोली संयोजक रामलोचन ठाकुर स्वामी वीच हस्ताक्षर भइ सहमतीपत्र आदान प्रदान भएको छ ।
........................................
मधेसी जनअधिकार फोरम मधेसले गरेको बन्दका कारण आज पनि तर्राईका विभिन्न जिल्लाका जनजीवन प्रभावित भएको छ ।
तराइका बारा, पर्सर्ााौतहट तथा मोरगको विराटनगर सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लाको जनजीवन प्रभावित भएको हाम्रा सहकर्मीहरूले जनाएका छन् ।
एक मधेस प्रदेश हुनुपर्नेलगायतका माग गर्दै मधेसी जनअधिकार फारम मधेसले हिजो र आज तर्राईका जिल्लाहरू बन्दको घोषणा गरेको हो ।
यता कोशी पिडितले सुनसरीको हरिपुरमा यातायात वन्द गरे पछि अलपत्र परेका यात्रुले बन्द खुलाउन माग गर्दै इनरुवामा पर््रदशन गरेका छन ।
यात्रु र बन्द गर्ने पक्षले पर््रदशन गरेपछि दिउसो इनरुवा वजार तनाव ग्रस्त बन्यो । कोशी विस्थापतले गरेको बन्दका कारण पर्ुव पश्चिम आउने जाने सयौ सवारी रोकीदा हजारौ यात्रु विच बाटोमा अलपत्र परेका छन । यात्रुहरुले बन्द खुलाउन माग गर्दै गरेको पर््रदशनले मधेस मिडिया मिसनले इनरुवामा गर्न लागेको कार्यक्रम पनि प्रभावित भयो ।
उता विद्यार्थीहरुले तिन दिन देखी बन्द मेचि राजमार्गको इलाम-विव्ल्याँटे खण्ड बन्द खुलाउन विद्यार्थी र यातयात व्यवसायीबीच दिउसो भएको वार्ता विना निश्कर्षटुङ्गएिको छ ।
जिल्ला प्रशासन कार्यालयमा दर्ुइ पक्षबीच वार्ता भइरहेको बेला यातायात व्यवसायी कल्याण -वीरु रिमाल) इलाम नगरपालिका एकस्थित डेरामा हत्या भएको अवस्थामा फेला परेपछि वार्ता टुङ्गएिको हो ।
३३ वषर्ीय रिमाल दिउँसो दर्ुइ बजे कोठामा मृतअवस्थामा फेला परेका हुन ।
यातायात मजदुर र व्यवसायीले त्यस घटनाको छानबीन गरेर दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।
यसैबीच विद्यार्थी संगठनहरुले पनि विज्ञप्ति निकालेर विद्यार्थीको आन्दोलन भइरहेका बेला कल्याण रिमाल मृतअवस्थामा फेला परेकोमा स्तव्ध भएको जनाउँदै आन्दोलकारीको कुनै संलग्नता नभएको जनाएको छ । विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडा समायोजन र भाडामा छुटको माग गर्दै मेची राजमार्गको इलाम-विव्ल्याँटे खण्डमा तीन दिनदेखि गाडी बन्द गराएका छन् ।
..............................
सुनसरीको सिंधियाबाट गएराती अपहरणमा परेका एक बालकको परिवार संग ५ करोड फिरौती माग गरिएको परिवारले बताएको छ ।
सुनसरीको सिंगिया ४ का अर्जुन आर्चायका ११ बषीय छोरा अनिमेश आर्चायलाई करिव ७ जनाको संख्यामा आएका अपरिचित समूहले गएराती अपहरण गरि वेपत्ता बनाएको छ ।
मोटरर्साईकलमा आएको हतियारधारी समूहले सुनसरीको झुम्कास्थित ब्रिलेन्ट सेकेण्डरी बोडिगं स्कूल कक्षा ५ का अध्ययनरत आर्चायलाई अपहरण गरेर लगेको हो ।
अपहरणपछि सो समूहले अज्ञात स्थलबाट फोन गरि बालकको फिरौती वापत ५ करोड रुपिया माग गरेको बालकको आमा तुलसा आर्चायले बताउनु भयो ।
यसैविच अपहरणमा परेका बालक आर्चायको सकूशल रिहाई गर्न प्रहरीले असहयोग गरेको जनाउदै स्थानियले आज दिनभरी सुनसरीको झुम्कामा चक्काजाम गरे ।
यसैगरी प्याबसन सुनसरीले आज प्रेश विज्ञप्ती प्रकाशित गरि अपहरित बालकको स्रि्र रिहाइका लागि आवश्यक पहल गरिदिन मानवअधिकारकर्मी,संचारकर्मी,नागरिक समाज,प्रहरी प्रशासन,राजनितिकदल लगायतमा आग्रंह गरेको छ ।
...............................................
मानवअधिकारवादीहरुले मुलुकको राजनैतिक द्वन्द्वलाई सामाजिक हुँदै जातीय द्वन्द्वमा रुपान्तरण हुन नदिन बेलैमा सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका पर्ूव सदस्य द्वय सुशील प्याकुरेल र कपिल श्रेष्ठ, द्वन्द्व विश्लेषक शोभाकर बुढाथोकीलगायतका मानवअधिकारवादीहरुले आज इलाममा आयोजित कार्यक्रममा बोल्दै राजनैतिक द्वन्द्वभन्दा जातीय द्वन्द्व जटिल हुने भएकोले सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।
मानवअधिकारवादी सुशील प्याकुरेलले द्वन्द्व समाधानको प्रक्रिया बारेमा अहिलेसम्म छलफल नभएकोले दर्ुघटना हुदैन भनेर ग्यारेन्टी गर्ने अवस्था नरहेको बताउनुभएको छ । अर्का मानवअधिकारवादी कपिल काफ्लेले द्वन्द्वलाई हिंसामा रुपान्तरण हुन नदिन नागरिक समाजले खवरदारी, पहरेदारी र साझेदारीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघका पर्ुवाञ्चल संयोजक किशोर कुमार कार्कीले पत्रकारिता असुरक्षित हुदै गएकोले गलत प्रवृत्ति लिएर यस क्षेत्रमा आउँनेहरुलाई रोक्न आवश्यक रहेको बताउनु भएको छ ।
कन्चन मिडिया सेन्टरलेदिउसो सप्तरीको कन्चनपुरमा आयोजना गरेको एक हप्ते पत्रकारिता तालिलमको समापन समारोह तथा पत्रकार सम्मान कार्यक्रमको प्रमुख अथिति रहनु भएका कार्कीले ग्रामिण क्षेत्रमा पत्रकारिताको विकासको लागि कन्चन मिडिया सेन्टरले सप्तरी जिल्लाका ग्रामिण भेगका युवाहर्रुलई लक्षित गरि दिएको तालिम फलदायी हुने बताउनु भयो ।
यता अनेरास्ववियुको आयोजनमा मोरङको सुकुना क्याम्पसमा भएको पत्रकारिता तालिम आज सकिएको छ । दर्ुइदिनसम्म चलेको तालिमको सहजीकरण प्रेस चौतारी मोरङले गरेको थियो ।
विद्यार्थीहरुलाई पत्रकारितासम्बन्धी जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
.......................................
युवा सूचना केन्द्र सिसवनी जहदाले आज १ सय ३५ विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ ।
केन्द्र सिसवनी आसपासका प्लान परिवारका विद्यार्थी र गरिब जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको जनाएको छ । प्रावि तहका विद्यार्थीलाई कपी डट ब्याग र पेन्सिल गरिब ५ सय बराबर, मावि तहलाई ७ सय बराबरको स्टेशनरी सामग्री वितरण गरिएको केन्द्रले जनाएको छ ।
.......................................................
नया संविधान निर्माणमा मुस्लिम समुदायको सवाल विषयमा आज अन्तरक्रिया कार्यक्रम भएको छ । नेपाल मुस्लिम युथ कमिटी, युथ भोलेन्टियर एण्ड एक्सन र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मुस्लिम समुदायको सवाल र संविधानका विषयमा इमाम हैदरले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रदीप झाले संविधानिक व्यवस्था र मानव अधिकारका विषयमा बोल्नुभयो ।
..........................................
प्रथम सहिद आमन्त्रण गोल्डकप प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लवले हात पारेको छ ।
ट्राइव्रेकरमा न्युरोड टिम एन आर टी लाइ ४ का विरुद्ध ५ गोलले हराउदै पुलिसले उपाधीमा कब्जा जमाएको हो ।
ट्राइब्रेकरमा एन आर टी का निराजन मल्लले गरेको गोल पुलिसका गोलरक्षक रिपेश थापाले रोके पछि पुलिसले उपाधी चुमेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फाट गोल हुन सकेन । थप गरिएको १४ मिनट अतिरित्त समयमा पनि दुवै तर्फाट गोल नभए पछि खेल पेनाल्टि सुट आउटमा पुगेको हो ।
खेलको उत्कृष्ट खेलाडीको उपाधी एन आरटीका अनिल गुरुङले पाए ।
प्रतियोगीतको विजेताले नगद एकलाख रुपैया र ट्रफी, उपविजेताले नगद ५० हजार रुपैया र ट्रफी पाएका छन ।

No comments:

Post a Comment