जस्ताको त्यस्तै राती १० बजे, फागुन १६


भौतीक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले मधेशवादी दलहरुसंग बिगतमा भएको सहमती कार्यान्वयन नभए फोरम सरकारवाट हट्ने चेतावनि दिनु भएको छ ।
विराटनगरमा दिउसो संचारकर्मीहरु संग कुरागर्दै मन्त्री गच्छदारले तत्कालीन सरकारले मधेशवादी दलहरु संग गत सालको फागुन १६ गते गरेको ८ बुदे सहमति कायान्वयन गर्न आलटाल गरेको आरोप लगाउनु भयो ।
मन्त्री गच्छदारले राजनितिक बिचार बोकेको माओवादि सेनालाई नेपाली सेनामा समायोजन गर्दा राजनितिकरण हुने समेत बताउनु भएकेा छ ।
ठुलादलहरुले समायोजन शब्द सम्झौतामा राखेर गल्ती गरेको आरोप लगाउँदै मन्त्री गच्छदारले भन्नु भयो -माओवादी लडाकुलाई समायोजन नभई ब्यवस्थापन गनर्ुपर्छ ।
मुलुकमा अधिनायकबाद हाबि हुदै गएको भन्दै मन्त्री गच्छदारले
भन्नु भयो-अधिनायकबाद बिरुद्ध सबै लोकतान्त्रिक शक्तीहरु एक भएर लडनु पर्छ ।
फोरमभित्र देखिएको बिबादका बिषयमा संचारकर्मीले राखेको जिज्ञासामा गच्छदारले बिरगञ्जमा भएको पार्टिको दोस्रो अधिवेशनले सवै विवादको अन्त गरिसकेको दावी गर्नुभयो ।
उहाँले फोरम अब राष्ट्रिय पार्टिको रुपमा अघि वढ्ने तयारीमा रहेको समेत खुलासा गर्नुभयो । एक अर्को प्रशंग्ामा मन्त्री गच्छदारले थारुहरुको छुट्टै पहिचान भएकोले विषेश अधिकार दिनुपर्ने वताउदै थारु जातीलाई आदिवासीमा सुचिकृत गर्ने निर्ण्र्ाासरकारले हतारमा गरेको आरोप लगाउनु भयो ।
...........................................
राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका अध्यक्ष कमल थापाले माओवादीको उग्रवामपन्थी चिन्तनमा आधारित र्सवसत्तावादलाई परास्त गर्न परम्परागत र प्रजातान्त्रिक शक्ति बीच एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आयोजित पार्टर्ीीे जिल्लास्तरीय भेलालाई सम्वोधन गर्दै अध्यक्ष थापाले माओवादीको एजेण्डालाई बोकेर उसैलाई परास्त गर्न नसकिने बताउनुभयो ।
'संविधानसभा चुनावमा कांग्रेस र एमालेले माओवादीको एजेण्डा बोकेकै कारण र्सवनाक पराजय व्यहोर्नुपरेको हो', अध्यक्ष थापाले भन्नुभयो, 'दुवै पार्टर्ीीाप\mनो सिद्धान्तबाट विचलित भएकै हुन् । कांग्रेसले त वीपीको आदर्शलाई समेत विर्सिएकै हो ।'
संसदीय व्यवस्थालाई ध्वस्त पार्नका लागि माओवादीले बन्दुक उठाएको र त्यही मान्यताका आधारमा प्रचण्डले संसदीय व्यवस्था मान्दैनौं भन्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । 'यसमा माओवादीले धोका दियो भन्नु कांग्रेस र एमालेको मर्ुखता हो', उहाँले भन्नुभयो, 'बरु यी दुवै पार्टर्ीी संसदीय प्रजातन्त्रलाई निषेध गर्न अन्तरिम संविधानमा हस्ताक्षर गरेर माओवादीलाई उसको लक्ष्यमा पुग्न सहज बनाइदिएका छन् ।'
भेलामा सहअध्यक्ष पदमसुन्दर लावती, केन्द्रीय सदस्यहरु राजेन्द्र लिङदेन, टेकनारायण राजवंशीलगायतले बोल्नुभएको थियो ।
..........................
सखुवासभाको छुटाछुटै स्थानमा भीरवाट लडेर दुइ जनाको मृत्यु भएको छ ।
सखुवासभा मकालु ७ का ३५ वषिर्य आङलाक्पा शर्ेपाको वसिगं भीरवाट खसेर मृत्यु भएको प्रहरीले वताएको छ । तीन दिन अघि भेडा चराउन हिडेपछि वेपता शर्ेपालाई प्रहरीले आज मृत अवस्थामा फेला पारेको हो ।
त्यसै गरी पावा खोला गाविस ३ का ६८ वषिर्य लोक वहादुर तामागंको पनि रप्वाभीरवाट खसेर ज्यान गएको छ । हिजो घास काट्न गएका तामागंलाइ पनि विहान प्रहरीले मृत अवस्थामा फेला पारेको हो । यता सुनसरीको डुम्राहामा एक बालीकाको नहरमा डुबेर मृत्यु भएको छ ।
डुम्राहा ३ का गोपाल खडकाकी डेढ बषिर्या छोरीको विहान चताराको शाखानहरमा डुवेर मृत्यु भएको स्थानिय प्रकाश कट्टेलले बताउनु भयो ।
कोशी विस्थापितको लगातारको आन्दोलनले जनजीवन अत्यन्तै कष्टकर वन्दै गएको छ ।
वन्दको आठौ दिन पनि पश्चिम जाने यातायात सुनसरीको हरिपुर खण्डमा रोकिएका छन ।
वन्दले पर्ुवकै जनजीवन प्रभावित भए समस्या समाधान गर्न राजनितीक दलका प्रतिनीधी र प्रसासन बिच हिजो भएको वार्ता विना निश्कर्षसकियो ।
कोशी सर्घष्ा समितिका अध्यक्ष पञ्चनारायण मण्डलले माग पुरा नगरेसम्म्ा आन्दोलन फिर्ता नलिने बताउनुभयो ।
यसैविच आज बसेको मन्त्रि परिषदको बैठकले नन्दन दत्तको संयोजकत्वमा उच्च स्तरिय आयोग गठन गरेको छ । आयोगमा बाढी पीडित र राजनितिकदलका प्रतिनिधि रहेका छन ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीले भने गृह मन्त्रालयले दिएको निर्देशन र सभासद दत्तको संयोजकत्वमा बनेको उच्चस्तरिय संयन्त्र गठन भएको बिषयमा कुनै जानकारी नआएको बताउनुभयो ।
यसैवीच विगतमा सरकार र मधेसी मोर्चाबीच भएका सम्झौता कार्यान्वयन गराउन दवाव स्वरुप तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी गरेको तर्राई बन्दले तराइका विभिन्न जिल्लाको जनजिवन प्रभावित भयो ।
बन्दका कारण बारा, पर्सर्ाारौतहट,विराटनगर , सिरहा, सप्तरी, कपिलवस्तु, महोत्तरीलगायतका जिल्लामा गाडी चल्न चलेनन् ।
यता विराटनगरमा पनि यातायात र बजार बन्द भयो । तालोपाको बन्दले विराटनगर भएर पर्ुव चल्ने सवारी साधन पनि चलेनन ।
......................................
पाचथरको यासोक गाउबिकास समितिको भदौरेमा भीषण आगलागि भएको छ ।
आगलागीमा परि ५ परिवारका ७ वटा घर जलेर नष्ट भएको प्रहरी चौकी यासोकले जनाएको छ । दिउसो तिन बजे देखीसुरु भएको अगलाग सिाझ अवेर अझै नियन्त्रणमा आए पनि पर्ुण्ारुपमा निभि सकेको छैन । क्षतीको पर्ुण्ा विवरण आइनसकेको प्रहरीले बताएको छ ।
हावा हुरी चलेका कारण जंगलमा लागेको आगो गाउसम्म फैलिएको प्रहरीको भनाइ छ ।
...............................................................
विद्युत आपर्ूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका विराटनगरका उद्योगी व्यापारीले आज नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय घेराउ गरेका छन् ।
विराटनगरस्थित कार्यालयमा पुगेका व्यवसायीले विहान ११ बजेदेखि १ घण्टा धर्ना दिएर कार्यालय घेराउ गरेका हुन् ।
चरणवद्ध आन्दोलनका उत्रिएको उद्योग संगठन मोरङको आव्हानमा आज धर्ना कार्यक्रम आयोजना गरिएको हो ।
उता चार दिनदेखि मोरङको डाइनिया क्ष्ँेात्रमा टेलिफोन अवरुद्ध भएपछि स्थानीय वासिन्दालेे नेपाल टेलिकमको रंगेलीमा रहेको कार्यालय घेराउ गरेका छन् ।
चाडो भन्दा चाडो टेलिफोन सोवा सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै उनीहरुले कार्यालय घेराउ गरेका हुन् । उनीहरुले कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
............................
पाँचथर अस्पतालमा अल्ट्रासाउण्ड मेसिन चलाउने डाक्टर नहुदा विरामीलाइ समस्या भएको छ
एक महिना देखी मेसिन चलाउने डाक्टर नहुदा दिनहु अस्पताल आउने दर्जन बढि विरामी त्यसै र्फकनु परेको छ ।
म्ोसिन चलाउने तालिम लिएर आउने विक्तिकै डाक्टर श्रीराम साहको सरुवा भए पछि एक महिना देखी मेसिन बन्द छ ।
तिन जना डाक्टरको दरबन्दि रहेको अस्पतालमा अहिले एकजना पनि डाक्टर नहुदा अस्पताल आउने सवै विरामी मारमा परेको अहेव उमेश कुमार सिंहले बताउनु भयो ।

No comments:

Post a Comment