राती १० बजेको सेरोफेरो, फागुन १७


पाँचथर र सप्तरीमा शनिबार दिउसो भएको आगलागीमा परि एक जनाको मृत्यु भएको छ । भने डेढ करोड बढिको धनमाल जलेर नष्ट भएको छ ।
पाँचथरको सुभाङ स्थित साउने जंगलमा दिउसो भएको आगलागीमा परि सुभाङ स्थित साउने जंगलमा दिउसो भएको आगलागीमा परि सुभाङ १ का शुकराज योक्पाङ्देनको मृत्यु भएको हो ।
दिउसो तिन बजेदेखी जंगलमा लागेको आगो निभाउन गएका योक्पाङ्देनको आगोले पोलेर घाइते भए पछि उपचारकालागी सदरमुकाम ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो ।
योक्पाङ्देन सगै आगोले पोलेर गम्भिर घाइते भएका दिल कुमार योक्पाङ्देनलाइ उपचारकालागी इलाम लगिएको छ । जंगलमा आगलागी हुनुको कारण खुल्न सकेको छैन ।
उता सप्तरीको छिन्नमस्तामा दिउसो आगलागी हुदा ७० परिवारका दर्ुइसय घर गोठ जलेर ध्वस्त भएको छ । आगालागीमा डेढ करोड बढिको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको क्षतीको पर्ुण्ा विवरण आउन सकेको छैन ।
छिन्नमस्ता ५ र ६ को बाक्लो वस्तिमा शनिबार दिउसो आगलागी भएको हो । हावाहुरी चलेकाले आगो फैलिएर गाउ सखाप पारेको प्रहरीले बताएको छ । दिउसो २ बजे देखी सुरु भएको आगलागीे राजविराजको बारुणयन्त्र स्थानियबासी र शसस्त्र प्रहरीको सिमासुरक्षाबल, इलाका प्रहरी कार्यलय सखडाको संयुक्त प्रयासमा साझ ६ बज नियन्त्रणमा आएको थियो । आगलागीबाट गाउभरी सवैका घरमा रहेका अन्नपात, गरगहना, लत्ताकपडा नगद जलेर नष्टभएको छ ।
छिन्नमस्ता ६ का लक्ष्मि राउतको घरमा बिजुलीको तार र्सटभइ आगलागी भएको बताइएको छ । आगोले गाउनै सखाप पारेपछि आगलागी पिडितहरु खुला आकाश मुनि रात विताउन बाध्य भएका छन । आगोले घर खरानी बनाएपछि बिशेष गरि बालबच्चा र बृद्धबृद्धाको विचल्ली भएको छ ।
यस्तै शुक्रबार राती भएको आगलागीमा परि पाँचथरको यासोक गाउबिकास समितिको भदौरे गाँउका ५ परिवारका ७ वटा घर जलेर नष्ट भएको प्रहरी चौकी यासोकले जनाएको छ ।
वेद प्रसाद कार्की, केदार प्रसाद कार्कीको २ वटा घर, अम्बर प्रसाद कार्की र एक लावती थरको घर जल्दा २० लाख वढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
हावा हुरी चलेका कारण जंगलमा लागेको आगो गाउसम्म फैलिएको प्रहरीको भनाइ छ ।
यता झापाको सतासीधाम ७ नहर चौकमा शुक्रबार साझँ ६ वटाघरमा आगलागी भएको छ ।
स्थानिय फुलमान माझि, किरण माझी, भक्तबीर माझी, बनरथी माझी र बलबहादुर माझिको घरमा आगलागी भएको इलाका पं्रहरी कार्यलय झिलझिले जनाएको छ ।
स्थानियबासी र दमक नगरपालिकाको बारुणयन्त्रको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । फुलमानको घरबाट शुरु भएको आगलागीले २० मन धान सहित ५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
उता पर्सर्ााे सुवर्ण्र्ाार गाविसको वडा नम्बर ६ मा शनिबार दिउँसो भएको आगलागीबाट १५ घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब ५ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
गाउँले, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा करिब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिइएको सीमा सुरक्षा बलका प्रहरी निरिक्षक राज सिंह गुरोले जानकारी दिनुभयो ।
स्थानीय कुलबहादुर श्रेष्ठको घरबाट सल्केको आगोले छिमेकी सुरेश महत्तो, वीरबहादुर घिसिङ, कर्ण्र्ााादुर र्राई, एक बहादुर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, वीरबहादुर गुरुङ, दिलबहादुर गुरुङ, निरबहादुर श्रेष्ठ, जगदीश साह,लालबाबु सुनुवार, तेजबहादुर जिरेलको घर जलेर नष्ट भएको छ ।
.........................

यातायात ब्यबसायी र मजदुरहरुले आजदेखि थालेको ब्ान्द फिर्ता लिएका छन ।
कोशी बाढीपीडितहरुले लगातार नौ दिनदेखि गरेको बन्दका बिरुद्धमा बन्द आवहान गरेका ब्यबसायी र मजदुरहरुले बन्द फिर्ता लिएका हुन ।
बिहानै देखि बन्द यातायात साझ छ बजेदेखि खुलेको छ ।
कोशी पिडितहरुले नौ दिनदेखी जारी आन्दोलन फिर्ता लिए पछि यातायात व्यवसायीहरुले पनि यातायात बन्द फिर्ता लिएका हुन । यातायात व्यवसायी र मजदुरका विभिन्न तिनवटा संग संगठनले संयुक्त विज्ञप्ती निकाली कोशीबाढी पिडितहरुले आन्दोलन फिर्ता लिएकाले आफ्ना आन्दोलन पनि फिर्ता भएको जनाएका छन ।
कोशी समस्या समाधानका लागि मन्त्री परिषदले हिजो उच्च स्तरीय समिति गठन गरेपछि बाढी पिडितहरुले १० दिनका लागी आन्दोलन स्थागित गरेका हुन । समितीले १० दिन भित्र समस्या समाधान गर्ने पत्र पठाए पछि कोशी पिडितको आन्दोलन स्थगित भएको हो ।
बाढी पिडित संर्घष्ा समितीले १० दिन भित्रमा माग पुरा नभए पुन आन्दोलन थाल्ने जनाएको छ
राजनितिक दलका प्रमुख , कोशी पिडित र सुनसरीका निम्ति प्रमुख जिल्ला अधिकारी विच भएको वैठकले समस्या समाधान गर्ने समेत सहमति भए पछि आन्दोलन फिर्ता लिएको कोशी पिडित सर्घष्ा समितिका अध्यक्ष पन्च नारायाण मण्डलले वताउनु भयो । हिजो बसेको मन्त्रि परिषदको बैठकले सभाषद नन्दन दत्तको संयोजकत्वमा सप्तकोशीबाढी पिडितका समस्या समाधानकालागी उच्चस्तरिय कार्यदल गठन गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका अध्यक्ष कमल थापाले सत्ता समीकरण परिवर्तन गर्न जरुरी नरहेको बताउनु भएको छ ।
उहाँले सरकार परिवर्तन हुँदैमा जनअपेक्षा पूरा नहुने पनि बताउनु भयो ।
'सरकार फर्ेन होइन, उसको कार्यशैली परिवर्तन गर्न राजनीतिक दवाव जरुरी छ', बिहान झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नु भयो, 'सरकार अझै असफल भयो भने देशलाई गम्भीर असर पर्न सक्छ ।' उहाँले सरकार ढाल्ने खेलमा कोही पनि अल्भिmन नहुने बताउनु भयो ।
संविधान बन्नु अगावै राजतन्त्र वा गणतन्त्र, हिन्दु राष्ट्र वा धर्म निरपेक्षता र सङघीयताका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने बताउँदै अध्यक्ष थापाले यसलाई पार्टर्ीी मागका रुपमा अघि र्सार्न लागेको उल्लेख गर्नु भयो ।
'अन्तरिम संविधानमा भएको व्यवस्था बमोजिम नै सबै राजनीतिक दलसँग यो प्रस्ताव लिएर जान लागेका छौ', उहाँले भन्नु भयो, 'माग पूरा भएन भने जनसङ्र्घष्ामा उत्रिन्छौ ।' उहाँले टिकाउ संविधानका लागि पनि जनमत सङ्ग्रह गर्नु आवश्यक रहेको दावी गर्नु भयो ।
राष्ट्रियता खतरामा परेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच राजनीतिक शिखर सम्मेलन गर्नु पर्नेमा जोड दिनु भयो ।
सरकारले सहिदको गरिमाको अवमूल्यन गरेको बताउँदै अध्यक्ष थापाले जनयुद्धमा मारिएका 'सहिद' हुँदा तत्कालिन सरकारको आदेश पालना गर्दा मारिएका सेना र प्रहरीलाई पनि सहिदकै सम्मान दिइनु पर्ने बताउनु भयो ।
.................................................
चुरे भावार एकता पार्टर्ीी अध्यक्ष केशव मैनालीले कुनै पनि हालतमा देश टुक्राउन नदिने बताउनु भएको छ ।
मधेसका नाममा देश टुक्राउने खेल हुरु गरिएको भन्दै रगतको खोला बगाएर भए पनि नेपालको अखण्डता जोगाएर छाड्ने बताउनु भयो ।
सप्तकोशीएफ एमसँग इटहरीमा कुाराकानी गर्दे अध्यक्ष मैनालीले मधेसका नाममा खुलेका सवै पार्टर्ीी समुह भारतबाट परिचालीत र संरक्षीत भएको आरोप लगाउनु भयो ।
उहाले भारतले पैसा दिएर ती समुह र पार्टर्ीी नेपालमा अराजकता र बिखण्डन ल्याउन लागीपरेको भन्दै यसलाइ रोक्न आजै देखि सवै राष्ट्रभक्त लाग्नु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष केशव मैनालीले आराधिक क्रिायकलाप गरिरहेका समुहलाय पनि सरकारले वार्तामा बोलााएर यस्ता समुहका्े मनोवबल बढाउने काम गरेको भन्दै यसको बिरोध गर्नु भयो ।
मैनालीले बार्ताका नाममा अपाराधीलाइ रातो कार्पैट ओछ्याएर सरकारले मनोवल बढाएकाले यस्ता समुह घट्नुको साटो दिनानु दिन बढेको दावी गर्नु भयो ।
..............................
मोरङको टंकीसीनवारी स्थीत दुइवटा फार्ममा एक हजार वटा कुखुरा मरेका छन ।
टंकीसीनवारी ३ ,पुष्पलाल चौक स्थीत दिनेश सीटौलाको फार्ममा पालेका ४ सय कुखुरा र सोही स्थान रहेकेा कीसन काफलेको ६ सय कुखुराहरु मरेका हुन ।
काफलेको फार्ममा हीजो ५० वटा कुखुरा एक्कासी मरेपछी जिल्ला पशु सेवा कार्यालय मोरङले वर्डफलूको आशंकामा नमूना संकलन गरि परिक्षण गरेको थियो ।े
प्रारम्भीक परिक्षणमा वर्डफलू नभेटीएको र थप परिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको पशु सेवा कार्यालयका प्रमुख चिकीत्सक रमानन्द देवले जानकारी दिनु भएको छ ।
रातो र हरीयो सुली विष्टयाउने लक्षण देखिए लगत्तै कुखुराहरु एकाएक मर्न थालेको कुखुरा पालक कीसन काफलले जानकारी दिनु भएको छ । हीजो र आज गरि मरेका एक हजार बढी कुखुरा फार्म नजिकै खाल्डो खनेर पुरीएको छ ।
मोरङमा पहीलो पटक ठूलो संख्यामा कुखुराहरु एक साथ मरेपछी वर्डफ्लूको आशंकामा व्यवासायी र उपभोक्ताहरु त्रसीत भएका छन ।
नयाँ संविधानको लागि सुझाव संकलन गर्न सभासद र कर्मचारीहरुको टोली पर्ूर्वी पहाडी जिल्ला भोजपुर पुगेर काम थालेको छ ।
सुझाव संकलनका लागि जहाज चढेर भोजपुर पुगेको त्यो टोलीले भोलि जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, पत्रकार, प्रहरी, प्रशासनलगायतसँग औपचारिक छलफल गरी कार्यतालिका बनाई जनताको सुझाव लिन गाउँ जानेछ ।
सरोकारवालाहरुसँगको परिचय कार्यक्रममा टोलीका संयोजक सभासद लालबाबु पण्डितले नयाँ संविधानमा गाउँगाउँका नागरिकको अपनत्व महशुस गराउन जिल्लाभरिको भाव समेट्न सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो । मोरङ र भोजपुरका लागि सुझाव संकलनका लागि खटिएको २१ जना सभासद र ३ जना कर्मचारीसहित २४ जनाको सो टोलीमध्ये १३ जना सभासद मात्र भोजपुर गएका छन् ।
................................
इटहरीमा भेला भएका उद्योगी व्यवसायीहरुले उद्योगीहरुको माग र निर्ण्र्ााकार्यन्वयन गराउन उद्योग बाणिज्य सङघ इटहरीका अध्यक्ष टङक दुलालको संयोजकत्वामा उद्योगी व्यबसायी हक संरक्षण पर्ुवाञ्चल समितीको गठन भएको छ ।
उद्योगी व्यपारी पत्रकार, ट्रक व्यावसायी , ढुवानी एजेन्ट, कोसी ट्रयाक्टर सङघ यातायत मजदुर र उद्योगी व्यसायी सम्मीलीत समीतीले बन्द मुक्त क्षेत्र बनाउने अभियान संचालन गर्नेबताईएको छ ।, यो सँग सँगै दवाव मुलक कार्यक्रम समेत संचालन गर्ने संयोजक टङक दुलालले बताउनु भयो ।
समीतीले शान्ती सुरक्षाको व्यस्था हुनु पर्ने, बैकल्पीक राजमार्गको व्यबस्था गर्नु पर्ने चन्दा अतङकको अन्तय गर्नु पर्ने लगायतका माग राख्दै दवाव मुलक कार्यक्रम समेत गर्ने बताइएको छ ।
आगामी चैत २८ गते हुने संविधानसभाको उपनिर्वाचनको लागिनेपाली कांग्रेस मोरङले मोरग क्षेत्र नम्बर ७ को लागी १६ जनाको नाम सिफारिस गरेको छ ।
सात नम्बर क्षेत्रीय सभापति सुदनबहादुर कार्कीका अनुसार डा. शेखर कोइराला, सुदनबहादुर कार्की, डिला संग्रौला, रुक्मिणी कोइराला, शान्ता रिजाल, भुवनेश्वर मण्डल, बीरेन्द्र माझी र सरिता थापाको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी चन्द्रनारायण चौधरी, फेकन पासवान, जयप्रकाश सरदार, कामक्ष पराजुली, र्सर्ूयलाल उराव, केदारबहादुर बस्नेत, प्रेमचन्द चौधरी र कानुलाल चौधरीको नाम पनि उम्मेदवारको सूचीमा राखिएको छ ।
भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले सो क्षेत्रबाट संविधानसभाको सदस्य पदबाट राजीनामा दिएपछि रिक्त हुनगएको सभासद पदका लागि चुनाव हुन लागेको हो । मोरगको ५ र ७ मा उपनिर्वाचन हुदैछ ।
..................................
बिषाक्त मदिरा सेवनबाट इलामको नामसालिङका तीन जनाको मृत्यु भएको छ ।
मदिरा सेवनबाट नामसालीङ १ का डम्बर घले, लाकमान मगर र बीरबहादुर तामाङको हिजो ज्यान गएको हो
सदरमुकाममा विहीवार हटिया भर्न आएका बेला रम पिएर फर्केका घले र मगरको घरैमा ज्यान गएको हो । यता सुनसरीको इटहरी स्थित भीआइपी गेष्ठ हाउसमा मोरङग बेलवारीकी कमला थापा मृत फेला पर्नुभएको छ । राती भारत रक्सौलका अर्जुन कुमारसाग होटलको एउटै कोठामा बसेकी थापा बिहान मृत फेला परेको प्रंहरीले जनाएको छ ।
................................................
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सगरमाथा अञ्चल कमिटीको सातौ अधिवेसनले धिरेन्द्र बर्माको अध्यक्षतामा १५ सदसिय कार्य समिती गठन गरेको छ ।
समितिको उपाध्यक्षमा गुलाव यादव, सचिवमा श्याम प्रसाद यादव, सह सचिवमा ओम प्रकाश शर्मा, कोषध्यक्षमा रामचन्द्र यादव चयन हुनु भएको छ ।
..............................................
नाइट चेस क्लब झापाको २ वर्षो कार्यकालका लागि अध्यक्षमा बालजित र्राई निर्वाचितहुनुभएको छ ।
क्लबको १०औं अधिवेशनको निर्वाचनबाट झापा जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका क्लबका संस्थापक सदस्य र्राई निर्वाचित हुनुभएको हो ।
प्रथम उपाध्यक्षमा दिलीप सुवेदी, द्वितीय उपाध्यक्षमा सुन्दर बस्नेत र महासचिवमा केवलराम र्राई निवर्नचित हुनुभएको छ । त्यस्तै, सचिवमा तारा तामाङ, र कोषाध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन ।

No comments:

Post a Comment