राती १० बजेको सेरोफेरो, फागुन १८


बैतडिमा आज दिउँसो एक यात्रुबस दर्ुघटनाहुँदा १० जनाको मृत्यु भएको छ ।
बझाङको तमेलबाट महेन्द्रनगर जाँदै गरेको ना २ ख ६३५८ नम्बरको महाकाली यातायातको बस जयपृथ्वीबहादुर राजमार्ग अन्तरगत बैतडिको शीखरपुर ढोलीयामोड नजिक दर्ुघटना भएको हो ।
मृतकमध्ये अहिेसम्म ४ जनाको सनाखत भएको छ ,भने अन्य ६ जनाको सनाखत हुन बाँकिनै रहेकोछ ।मृत्युहुनेहरुमा गाडिमालिक प्रयागराज भट्ट ,नमराज भट्ट,डुलबहादुर कठायत र सुनिमाया रहेको प्रहरीले बताएको छ । ५जना यात्रु घाइते भएका छन् । र्घाईतेहुनेहरुम्ा जगत शाहि कञ्चनपुर्रर्,इन्द्र बहादुर थापा बझाङ्ग,मान बहादुर बोहोरा बझाङ्ग, ब्रि्रम सुनार बझाङ्ग र राम दत्त रहेका छन ।र्घाईते मध्ये २ जनालाई थप उपचारका लगि नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ । बसमा १७ यात्रु सवार रहेका थिए छ ।
बस सडकबाट करिव ७ सय मिटर तल खोलामा खसेर दर्ुघटना भएको हाम्रा स्थानिय सहकर्मीले जानकारी दिएका छन् । घटनास्थलमा खोड्पे प्रहरी चौकीबाट खटिएको टोलीले उद्दार गरिरहेको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कृष्ण ओझाको नेतृत्वमा गएको टोलिले पनि उद्धारका लागि थप्ा सहयाग गरिरहको छ ।
बसका चालक फरार रहेका र घटनामा सकुशल रहेका कन्डक्टर रामबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।
.............................................................
धरानमा जारी प्रेस स्वतन्त्रता पर्ुवाञ्चल सम्मेलनले २६ बुदे धरान घोषणपत्र २०६५ जारी गरेको छ ।
घोषणापत्रमा समयमै संविधान लेखन प्रकृया सक्न २५ दललाइ आग्रह गरिएको छ । त्यस्तै नया संविधान नवने सम्म सहमतीको राजनीतिगर्न पनि आग्रह गरिएको छ ।
घोषणापत्रमा सरकार र माहासंघ विच गत पुष १३ गते भएको सहमती अक्षरस पालना गर्नु पर्ने, श्रमजिविपत्रकारऐन तत्काल लागु गर्नु पर्ने , कोशी विष्थापितको पर्ुनस्थापना चार्डै गर्नु पर्ने, पछिल्ला दिनमा पत्रकार र संञ्चार संस्थामा भएका आक्रमणको निन्दा लगायतका बुदा समेटिएको छ ।
सम्मेलनको उदघाटनसत्रका वक्ताहरुले श्रम जिवि पत्रकार ऐन सवै मिडियामा एकै साथ लागु गर्नु पर्ने वताएका छन ।
सम्मेलनको उद्घाटन गदै महासघका सचिव रामजी दाहालले सरकारले श्रमजिवी पत्रकार ऐन ठुला मिडिया हाउसवाट लागु गर्ने भन्ने कुरा माथि शंका भएको वताउनु भयो ।
त्यस्तै महासघका महासचिव पोषण के सीले वर्तमान अवस्थमा पत्रकारको सुरक्षा अत्न्त्यै नाजुक भएको वताउनु भयो । अपराध गर्नेलाइ सरकारले कार्वाही गर्नुको साटो उल्टै प्रश्रय दिएका कारण पत्रकारहरु दिनानु दिन असुरक्षित भएको उहाको दावी छ ।
सरकारले मृत्ाकलाइ शहिद घोषणा र सम्मान गर्ने परिपार्टि केटाकेटीलाइ चक्लेट दिएर फकाएको जस्तो भएको वताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासघका उपाध्यक्ष गोविन्द आचार्यले पत्रकारको आन्दोलन चौथो चरणमा पगिसक्दा समेत सरकारले कानमा तेल हालेर लाटो हेराइ हेरेको वताउनु भयो । त्यसैले कानमा तेल हालेर सुताहा र केाड्याइ गरेर रमिता हर्ेर्ने सरकारलाइ तताउन पत्रकारहरु स्वयमले आवाज उठाउनु पर्ने वताउनु भयो ।
र्क्ार्यक्रममा नेपाल पत्रकार महासघका पर्ुव अध्यक्ष तारानाथ दाहाल , पत्रकार हर्षशुव्वा , नेकपा माओवादीका धरान नगर इन्चार्ज चोत्लुगं पत्रकार महासघका पर्ुवान्चल सम्योजक किशोर कुमार कार्की लगायतले वोल्नु भयो ।
सम्मेलनमा पर्ुवान्चलका १५ जिल्लाका पत्रकारहरु सहभागी छन ।
.....................
राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष पशुपतिशम्सेर राणाले माओवादीले देशमा अधिनायकबाद लाद्न खोजेको आरोप लगाउनु भएको छ ।
विराटनगर विमानस्थलमा उपस्थित संचारकर्मिहरुसंग कुरा गर्दै अध्यक्ष राणाले सो धारणा व्यक्त गर्नु भएको हो ।
अध्यक्ष राणाले प्रजातन्त्र, संसदीय मुल्य, मान्यता र बहुदलिय ब्यवस्थालाइ लत्याउदै माओवादि अधिनायकबाद तर्फउन्मूख भएको बताउनु भएको हो ।
उहाले माओवादी नेतृत्वको सरकार असफल भईसकेको दाबि गर्दै त्यसको विकल्प खोज्न आवस्यक रहेको समेत बताउनु भयो ।
मुलुकलाई सही ढंगबाट अगाडी बढाउन सरकारले आफनो कार्यशैलीमा परिवर्तन गर्नु पर्छ अन्यथा सरकारको विकल्प खोजीनु पर्ने उहाको धारणा थियो ।
उहाले धर्म निरपेक्षराष्ट्र घोषणा जनताको रायनैनबुझी अध्यारो कोठाबाट ल्याएर हतारगर्ने माओबादीको उदेश्य आज आएर देखिनथालेको समेत प्रश्ट्याउनुभयो ।
अध्यक्ष राणाले सरकारको कमजोरीका कारण मुलक बिखण्डनतर्फजानलागेको ठोकुवागर्दै राष्ट्रिय अखण्डताप्रती आफ्नो पार्टर्ीीान्दोलनगर्न समेत पछिनपर्ने चेतावनी दिनुभयो ।
उहाले सरकारले संसद हुदाहुदै अध्यादेश मार्फ मुलुक चलाउन खोजेर गैर प्रजातान्त्रिक प्रकृया अवलम्बन गरेको आरोप समेत लगाउनुभयो ।
संविधान निर्माणका लागि जनताको सुझाव सङकलन गर्न आएका सभाषदहरुले सुनसरीमा आज देखि काम थालेका छन् ।
सभाषदहरुले इटहरीमा पत्रकार सम्मेलन गरी जनताको राय सुझाव लिन थालेका हुन् । पत्रकार समेलनमा सभाषदहरुले कसरी जनतको घर घरमा गएर सुझाव सङकलन गर्छन् भनेर समेत कार्यक्रममा जानकारी गराइयो ।
धनकुटा र सुनसरीमा सुझाव सङकलन गर्न सुनसरी आइपुगेका १६ जाना सभाषदहरुक्ो टोलीले सुनसरीका २९ स्थानमा केन्द्र बनाइ जनताको सुझाव सङकलन गर्ने सभाषद तिर्थराम डङगोलले बताउनु भयो ।
डङगोलका अनुसार सुझाव सङकलन गर्न गएका केन्द्रमा उपश्थित र्सवसाधारणलाइ र्फम भराउने र जनताको सुझाव टिपेर लैजाने बताउनु भयो । सभाषद किरण कुमार राइले सुझाव सङकलन गर्दा समावेसी गरिने बताउनुभयो ।
यस्तै टोलीले धनकुटाका ३० स्थानमा केन्द्र स्थापना गरि काम गर्ने छ ।
...............................
थारू समुदायलाई सरकारले अध्यादेश र जाती सूचीकरणमा मधेसी शब्द प्रयोग गरेको भन्दै थारु समुदायले पर्ुवका विभिन्न ठाउमा मसाल जुलुस निकालेका छन ।
थारू कल्याणकारिणी सभा र थारुहट राज्य परिषदले सुनसरी सप्तरी र सिराहाका विभिन्न ठाउमा साझ मसाल जुलुस निकालेको हो । उनिहरुले यसको विरोधमा एक महिने आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन ।
.....................................
झापा जिल्ला अदालतले प्रभावकारी कदम नचाल्दा जरिवानावापतको २२ करोड रुपैयाँबराबर वक्यौता उठ्न सकेको छैन ।
झापा जिल्ला अदालतको गतमाघ महिनासम्मको जरिवानावापत २१ करोड ६१ लाख ३४ हजार रुपैयाँ वक्यौता उठ्न नसकेको हो । वक्यौता रकम उठाउन एक जना तहशीलदारसहित ४ जना कर्मचारी मात्र परिचालन गरिएको छ । कम्तिमा ५ रुपैयाँदेखि ११ करोड रुपैयाँसम्म एक व्यक्तिबाट जरिवाना उठाउनुपर्ने देखिएको छ ।
अदालतका श्रेस्तेदार अशोककुमार बस्नेतका अनुसार बैंक ठगी काण्डमा गरामनीका लक्ष्मी आचार्यले अदालतलाई जरिवानाबापत १० करोड ५५ लाख रुपैयाँ बुझाउनुपर्ने छ तर उठाउन सकिराखेको छैन ।
...............................
सिराहाको तरेगाना गोविन्दपुरबाट जिल्ला बन कार्यलयले हटाएका सुकुम्बासीले आफुहरुको विचल्ली भएको बताएका छन ।
सिराहाको लाहानमा बालबच्चा सहित भेला भएका सुकुम्बासीहरुले पत्रकारसंग दुइसातादेखी बेघरबार भइ खुल्ला आकाश मुनि रात कटाउदै आएको पिडा सुनाए ।
बन कार्यलयले बन अतिक्रमण गरेको भन्दै गएको फागुन ६र७ गते सुकुम्बासीका घर टहरा भत्काइ दिएको थियो । बन कार्यलयले त्याहा बसोबास गर्दै आएका १७ परिवारका घर टहरा भत्काइदिएको थियो ।
...........................
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सभासद गौरीशंकर खड्काले कांग्रेस र एमालेले जग्गा बक्जाको किचलो उठाएर संविधान लेखनमा अवरोध पुर्‍याएको आरोप लगाउनुभएको छ ।
आज झापाको धुलाबारीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभासद खड्काले माओवादीले जग्गा कब्जा नगरेर शोषित पीडित जनताले गरेको बताउनुभयो । कार्यक्रममा सभासद चन्द्र मेचे, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सीपी कडरियालगायतले बोल्नुभयो ।
लाहान क्रिकेट क्लव सिरहालाई ११ रनले पराजीत गर्दै विराटनगरको आईसिसि ११ क्लबले विराटनगरमा भइरहेको पेप्सी २०-२० राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधी चुमेको छ ।
फाईनलमा टस हारेर व्याटीङका लागी ओर्लीएको विराटनगरको आइसीसी ११ ले पुरा ओभरको समाप्तीमा सात वीकेट गुमाउदै १ सय १८ रनको स्कोर खडा गरेको थियो
१ सय १९ रनको विजय लक्ष्य पछयाएको सिरहाको लाहान क्रिकेट क्लब आठ वीकेटको क्षतिमा पुरा २० ओभर खेल्दै १ सय ७ रन मात्र बनाउन सफल भएको थियो । खेलका म्यान अफ द म्याच आइसीसी विराटनगरका दिलीप र्समा घोषीत भए ।
खेलका बिजेता एवम उपबिजेता टिमलाई क्रिकेट एसोसिएसन नेपालका महासचीब टंक पनेरुले शिल्ड तथा ट्रफी बितरण गर्नु भएको थियो ।
काठमाण्डौ,वारा, पर्सर्ााmापा,सिराहा र विराटनगर गरी जम्मा ६ टिमको सहभागीता रहेको प्रतियोगीता फागुन १४ गतेदेखि विराटनगर स्थित शहिद मैदानमा संचालन भएको थियो ।

No comments:

Post a Comment