बिहान ७ बजे , फागुन १९


थारूहरुको बन्द बिहानै कान्तिपुर जलाइयो
थारू समुदायलाई सरकारले अध्यादेश र जाती सूचीकरणमा मधेसी शब्द प्रयोग गरेको भन्दै आन्दोलीत थारु समुदायले आज विहानै देखी बन्द गरेका छन ।
थारू कल्याणकारिणी सभा र थारुहट राज्य परिषदले आव्हान गरेको तराइ वन्दका कारण विहानैदेखि तराइका जनजीवन प्रभावित वनेकेा छ ।
सुनसरीको दुहवीमा थारुवान कार्यकर्ताले सवारी साधानहरु रोकेका छन ।
इटहरीवाट पश्चिम भएर जाने सवारी साधान फाटफुट मात्रै चलेको प्रहरीले वताएको छ ।
उता सिराहा , सप्तरीमा पनि विहानैदेखि यातायात वन्द छ ।
इटहरी पुर्व भएर जाने यातायातका साधान भने विहानैदेखि सुचारु रहेको छ । त्यस्तै धरानवाट पहाडी क्षेत्रमा जाने सवारी साधन पनि सन्चालनमा रहेको छ ।
यसैविच थारुवान कार्यकर्ताले समाचार नलेखेको भन्दै सुनसरीको खनारमा एक हजार प्रति कान्तिपुर दैनिक पत्रिका जलाइदिएका छन ।
१० , १५ जना थारुवान कार्यकर्ताले थारुवानको समाचार नलेखेको भन्दै अघि विहान ४ वजे पत्रिका जलाइदिएको प्रहरीले जनाएको छ ।
उनिहरुले बन्दको सन्धयामा हिजो साझ पुर्वका विभिन्न ठाउमा मसाल जुलुस निकालेका छन ।
उनिहरुले सुनसरी सप्तरी र सिराहाका विभिन्न ठाउमा साझ मसाल जुलुस निकालेका हुन ।
थारू समुदायलाई सरकारले अध्यादेश र जाती सूचीकरणमा मधेसी शब्द प्रयोग गरेको भन्दै उनिहरुले यसको विरोधमा एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

No comments:

Post a Comment