बिहान ८ बजे , फागुन १९


बिद्यालय भवनको निर्माणमा पारदर्शिताको उदाहरण
कुशलबाबु बस्नेत
उदयपुर, फागुन १९ ।

विकास आयोजनाहरुमा हुने अनियमितताले ठुलो चर्चा पाईरहेको बेला उदयपुरमा निर्माण गरिएको एक बिद्यालयमा भने पारदर्शिताकै कारण आम सहभागीता जुटेको भन्दै कार्यक्रममा अतिथि र सहभागीहरुले प्रसंसा गरे ।
उदयपुरको बसाहा गाविस-१ स्थित अमलचौरीमा नवनिर्मित जनज्योति प्राथमिक बिद्यालयको ६ कोठे बिद्यालय भवनको हिजो एक समारोहकाबीच प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मधुसुदन बर्ुलाकोटीले उद्घाटन गर्नुभयो ।
उहाँले आयोजनाको लागत अनुसारको काम र र्सार्वजनिक लेखा परिक्षणले आफु प्रभावित भएको भन्दै तत्काल बिद्यालयको अर्को भवन मर्मतका लागि शिक्षा समितिबाट योजना दिने बचन दिनुभयो ।
समुदाय सहयोग कार्यक्रमको १० लाख, बसाहा गाविसको ५० हजार र चालिसे देविथान सामुदायिक वनको ४० हजार तथा उपभोक्ताबाट संकलित १ लाख ५० हजार गरी करीव १२ लाखको लागतमा दर्ुइवटा बिद्यालय भवन निर्माण गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी अर्जुनकुमार थापाले योजना प्राप्त गर्नुभन्दा कार्यन्वयन प्रभावकारी हुनुपर्ने बताउँदै बिद्यालय भवनको निर्माणमा गरिएको पारदर्शिताले जिविसलाई समेत पाठ सिकाएको बताउनु भयो ।
सोही कार्यक्रमका जिल्ला शिक्षा अधिकारी झुमप्रसाद र्राईले शिक्षाको उन्नतिका लागि सवै अभिभावकहरुलाई एकजुट भएर लाग्न आग्रह गर्दै भवन निर्माणमा सहयोग पुर्‍याउने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
अधिकांश दलित बिद्यार्थीहरु रहेको उक्त बिद्यालयमा हाल ३ सय ९८ जना बिद्यार्थीहरु अध्यायनरत छन् ।
कार्यक्रममा बिद्यालय निर्माण तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने कर्ण्र्ााादुर र्राई, कुमार खड्का, गजेन्द्रबहादुर र्राई, नरबहादुर र्राई, डम्बरबहादुर खड्का र मानबहादुर विकलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । सहयोगी संस्था समुदाय सहयोग कार्यक्रमलाई कदरपत्र प्रदान गरिएको थियो ।
संविधानसभाको टोली सिराहामा
देवराज पोखरेल
सिरहा, फागुन १९ गते/

संबिधान निर्माणका लागि राय सुझाव संकलन गर्ने उद्देश्यले सिरहा आईपुगेको राज्यको शासकीय स्वरुप निर्धारण समितिको एक टोलीले आईतवार लहानमा मानवअधिकारकर्मी र पत्रकारहरुसंग जिल्लाको समसामयिक बिषयमा छलफल तथा अन्तक्रिया सम्पन्न गरेको छ ।
सभासद्हरु रामप्रित पासमान, रामरति राम, जया घिमिरे, दर्ुगा परियार, राजलाल यादव, लक्ष्मण मेहता, महेन्द्र पासमान लगायत २२ जनाको टोलीले सिरहा र उदयपुर जिल्लामा चैत १० गतेसम्म सुझाव संकलन गर्ने जानकारी दिएको छ ।
सुझाव संकलनका लागि २० दिनको अवधिमा पाँच प्रतिशत जनतो समेत सुझाव संकलन हुन नसक्ने अवस्था रहेको, भाषिक रुपमा फाराममा केही जटिलता रहेको र बिषयको बारेमा र्सवसाधारण सवैमा जानकारी नभएकोले प्रशिक्षित गराउन आवश्यक भएको जस्ता बिषयहरु छलफलका क्रममा उर्ठाईएका थिए ।
सोही क्रममा स्थानीय संचारकर्मी तथा अधिकारकर्मीहरुले टोलीलाई आफूहरुबाट सहयोग हुने प्रतिबद्धता समेत जनाएका छन् ।
सिराहाका सुकुम्बासीको आग्रह
सिरहा, फागुन १९ गते/
तरेगाना गोबिन्दपुर गाबिस-५ का १७ सुकुम्बासी परिवारहरुले मानवअधिकारकर्मी र पत्रकारहरु समक्ष जिल्ला वन कार्यालय लहानका कर्मचारीहरुद्वारा आफूहरुको घर भत्काइएका कारण बिचल्लीमा परेको बताउँदै सहयोगका लागि आग्रह गरेका छन् ।
सो ठाउँका स्थानीय सुकुम्बासी ज्ञानबहादुरले अनुसार सो वन कार्यालयका कर्मचारी लगायत सशस्त्र प्रहरीको टोलीले गत फागुन ६ र ७ गतेका दिन कुनै किसिमको जानकारी नदिई एक्कासी उनीहरुको घर टहरा भत्काईएपछि त्यसबेलादेखि उनीहरुले खुल्ला आकासमुनि रात बिताउँदै आईरहेको बताए । घर भत्काएपछि घरका खावो र काठपात समेत सवै वन कर्मचारीले खोसेर लगेकोले पुनः घर बनाउन क्षमता नभएको उनीहरुको भनाई थियो ।
अर्का सुकुम्बासी मनमाया तामाङ्गले वन रक्षक र हतियार सहितका शसस्त्र प्रहरीले घर भत्काउने क्रममा आफूहरुले बिबाद गर्न खोज्दा महिलाहरुमाथि कुटपीट गर्नुका साथै दर्ुर्ब्यबहार समेत गरिएको बताईन् ।
उनीहरुका अनुसार सो ठाउँमा मगर जातिका तीन घर, तामाङ्ग जातिका १३ घर र भट्टर्राई थरका एक घर गरि १७ घर परिवार २०६२ सालदेखि बसोबास गर्दै आएका थिए ।
बन अत्रि्रमण गरेकोले उनीहरुलाई हटाउनु परेको जिल्ला वन कार्यालय लहानले जनाएको छ ।
पुर्वाञ्चल विश्व विद्यालय ठप्प
विराटनगर / पर्ूवाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालयमा बिद्यार्थीहरुले गरेको बन्दका कारण बिश्वबिद्यालयको पठनपाठन तथा कार्यलयका कामकाज ठप्प भएको छ ।
विद्यार्थीले विराटनगरस्थित पर्ूवाञ्चल युनिभर्सिटीका उपकुलपति, परिक्षा नियन्त्रण कार्यालय, डिन, रजिष्टारको कार्यालय र आंगिक क्याम्पस पुसेटमा शुक्रवार तालावन्दी गरेको कारण सम्पर्ूण्ा काम ठप्प भएको छ । बिद्यार्थीहरुको तालावन्दीपछि उपकुलपति डा.रामअवतार यादव, रजिष्टार राजकुमार ठाकुर, परिक्षा नियन्त्रक शुशिल झा काठमाण्डौ जानुभएको छ । सवै संकायमा गरिएको तालावन्दीका कारण सवैभन्दावढि बिइ अन्तिम व्याजका विद्यार्थीहरु मारमा परेका छन् । आउदो वुधवारसम्म रिजल्ट नआए उनीहरुले नेपाल टेलिकम कार्यालयमा खुलेको पदमा प्रतिष्पर्धा तथा मार्स्र्टसमा भर्ना हुन नपाउने भएका छन् । दुवै ठाउँमा र्फम भर्ने अन्तिम मिती आउदो शुक्रवार सम्म हो । पुसेट कलेजमा क्याम्पस प्रमुखको नियुक्ती हुनु पर्ने माग राख्दै बिद्यार्थीहरुले उपकुलपतिलाई, साउनमा भएको सहमति कार्यन्वयन हुनुपर्ने माग सहित हिजो परिक्षा नियन्त्रण कार्यालयमा ज्ञापन पत्र समेत वुझाएका छन् । गत साउनमा विद्यार्थीले माग गरेको १३ वुदामध्ये दर्ुइ वटामात्रै पुरा भएपछि फेरि आन्दोलनमा उत्रिएको संर्घष्ा समितिका संयोजक प्रफुल थापाले वताउनुभयो ।

No comments:

Post a Comment