बिहान ८ बजे , फागुन २१


आज पनि बन्द यथावत छदैछ
थारुवान र पल्लो किरात लिम्बुवानको बन्दका कारण आजपनि पूर्वमा गाडी चलेका छैनन ।
बन्दका क्रममा गएराती साढे एकबजे थारुवान कार्यकर्ताले सुनसरीको झुम्कामा दर्ुइवटा सवारी साधनमा तोडफोड गरेका छन ।
पर्ूवआउदै गरेको को १ ख २२८९नँम्वरको टक र को १ त ३४९४ नम्वरको जीप तोडफोड गरेका हुन ।
हिजै सुनसरीको पकलीमा गाडी, टिपर, मारुती र मोटरर्साईकल गरि पाँचवटा सवारीका साधन तोडफोड गरिदिएका छन ।
सुनसरीको दुहवीमा लागेको हटिया बन्द गराउन खोज्ने वन्दकर्ता र ब्यापारीबिच हिजो झडप भयो । झडपमा परि पाँच्ाजना घाइते भएका छन् । पर््रदर्शनकारीले जनकल्याण स्वास्थ्य उपचार केन्द्र दुहवीमा समेत तोडफोड गरेका छन ।
झडप पछि दुहवी साझ तनावग्रस्त बन्यो र्।र् इलाका प्रहरी कार्यालयमा हिजो साझ भएको छलफलमा आन्दोलन शान्तिपर्ुण्ा गर्ने सहमती भएको छ ।
उता बिराटनगरमा भएको झडपमा ६ जना व्यवसायीहरु र एक जना पर््रदर्शनकारी घाइते भएका छन् । आंशिक रुपमा खुल्ला रहेको बिराटनगरका पसलहरु जर्वजस्ती बन्द गराउन खोज्ने थारुहट कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको प्रहरीले बताएको छ ।
व्यवसायी र बन्दकर्ता बीच बिराटनगरको गुद्री बजारमा झडप भएको हो झडपपछि बिराटनगरबजार केही बेर तनावग्रस्त बन्यो ।
बन्दका बेला मोटरसाइकल कुदाएको भन्दै सुनसरीको दुहवीमा ना ३प ६४३५ र को ३ प १३२३ नम्वरको मोटरसाइकलमा तोडफोड गरेको प्रहरीले जनाएको छ । यस्तै बिराटनगर बरगाछी चौकमा मे २ प ७११ नम्वरको मोटरर्साईकल बन्द कर्ताहरुले तोडफोड गरिदिएका छन । त्यसैगरि सप्तरीको माहुलीमा बन्दकर्ताले ना २ ख ६१४३ नम्बरको यात्रुवस तोडफोड गरेका छन ।
यस्तै बन्दका कारण आज पनि सुनसरी मोरङग औद्योगीक कोरीडोर क्षेत्रका उद्योगहरु बन्द भए । बन्दका कारण सिराहा सप्तरी र उदयपुरको जनजिवन पनि प्रभावित भएको छ ।
यस्तै नयाँ संविधान निर्माणका लागि सुझाव संकलन गर्न सभासदहरु आएको विरोधमा पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले मेचीकोशीका पहाडी क्षेत्रमा यातायात बन्द गराएको छ ।
अरुण पर्ूवका नौ जिल्लाको क्षेत्रलाई स्वतन्त्र लिम्बुवान राष्ट्रको दाबी गर्दै आएको मञ्चले नेपालका सभासदहरु गैरकानुनी ढंगले लिम्बुवान छिरेको भन्दै गाडी बन्द गराएका हुन् ।
मञ्चले अरुण पर्ूवका नौ जिल्लाका सभासदहरुलाई राजिनामा गर्न समेत माग गर्दै आएको थियो ।
पाँचथरमा दुइजनाको गयो ज्यान
पाचथरमा गएराती भएको सडक दुर्घटनामा दुइजनाको मृत्यु भएको छ । अरु ११ जना घाइते भएका छन ।
ताप्लेजुङबाट अलैची लिएर झापाकालागी हिडेको ना २ ख ३३१६ नम्करको ट्रक पाँचथरको भालुचौकमा दर्ुघटना भएको हो ।
दर्ुघटनामा ताप्लेजुङको फुङलिङकी २९ बषिर्या भिमा मिश्रको मृत्यु भएको हो । मृत्युभएका अर्का पुरुषको भने नाम ठेगाना खुलेको छैन ।
दर्ुघटनामा घाइतेभएका ८ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भैरहेको छ । अरु तिन जना घाइतेलाइ पनि अस्पताल ल्याइदै गरेको हाम्रा पाचथर सहकर्मी गणेश साम्पाङले जनाएका छन ।

No comments:

Post a Comment