दिउसो २ बजेको सेरोफेरो फागुन २२


राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता, र्सार्वभौमिकता र साम्प्रदायिक सद्भाव कायम गर्न सबैलाई आग्रह गरेका छन् ।
अब बन्ने संविधानमा जनताले आफ्नो संविधान हो भन्ने प्रत्याभुति दिनर्ुपर्ने बताउनु भयो ।
कानुन व्यवसायीहरूले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको सरहाना गर्दै राष्ट्रपति यादवले अव पनि त्यस्तै भूमिका खेल्न आग्रह गर्नुभयो ।
कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको राष्ट्रिय सम्मेलनको राजधानीमा उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
'लोकतान्त्रिक संविधानको निर्माण, नेपाल बार एसोसियनको अभियान' भन्ने नाराका साथ सम्मेलन आजबाट सुरु भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेना र माओवादी सेनालाई प्रधानमन्त्रीको हैसियतले निर्देशन दिन सक्ने बताउनुभयो ।
एकीकृत नेकपा माओवादीको अध्यक्षको नाताले भने कुनैपनि सेनाललाई निर्देशन दिन नसक्ने स्पष्ट पार्नु भयो ।
सेना समायोजन विषेश समितिको बैठक छिटै बस्ने र त्यसले दुवै सेनामा देखिएको विवादको विषयमा छलफल हुने बताउँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउनु र जनताले चाहे बमोजिम संविधान लेख्नु अहिलेको अवश्यकता भएको बताउनु भयो । के आधारमा सङ्घीयतामा जाने, शक्ति कसरी बाँडफाँड गर्ने, राज्यको शासकीय स्वरुप कस्तो हुने भन्ने विषयमा बहस चलाउनर्ुपर्ने बेलामा अनावश्यक विषयमा केही दलहरूले बखेडा झिकेको प्रधानमन्त्री दाहालको भनाई छ ।
स्वतन्त्रला, समानता र लोकतन्त्रको लागि आफूहरू लागिपर्ने पनि प्रधानमन्त्री दाहालले बताए । कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले सेनामा भर्ती खोलेर एकीकृत नेकपा माओवादीले गल्ति गरेको बताउनु भयो ।
................................
तीन दिन सम्म मात्र भनिएको थारुवानको वन्द अनिश्चित भन्दै आजदेखि लम्विएपछि पर्ुवका जनजीवन कष्टकर वनेको छ । सिरहाको लहानमा दिउसो १२ बजेदेखि अनिश्चितकालकालागि भन्दै कफयू लगाईएको छ ।
बन्दकर्ता र प्रहरी बिच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कफयू लगाईएको हो ।
अहिलेपनि बन्दकर्ताहरुले कफयू उल्लँघन गरेका छन । प्रहरीले त्यहाँ केही राउण्ड अश्रुग्याँस्ा र लाठी प्रहार गरेको छ । लाठीप्रहारवाट छ जना र्घाईते भएका छन ।
यसैविच सुनसरीको पकलीमा वन्द आव्हानकर्ता र प्रहरीवीच झडप भएको छ । झडपमा २ जना वालक सहित तीन जना घाइते भएका छन ।
थारुवानको वन्दले सविधान निर्माणका लागि गाउ आएका सभासदहरुको सुझाव सकलन गर्ने कार्य समेत प्रभावित वनेको छ ।
बन्दका कारण मोरगका निजी विद्यालयमा आजदेखि सुरु गर्ने भनिएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा स्थगित भएको छ । सरकारी विद्यालयमा सञ्चालित परीक्षा पनि प्रभावित भएको छ । लगातारको बन्दले तर्राईको जनजीव्ान कष्टकर बन्दै गईरहेको छ ।
थारु कल्याणकारिणी सभाले सरकारले थारू जातीलाई मधेसीमा सूचिकृत गरिएको अध्यादेश खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएको हो । सरकारले भने थारू जातीलाई मधेसिमा सूचिकृत नगरिएको हिजो नै स्पष्ट पारिसकेको छ । यसै गरी पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चको बन्दका कारण आज तेस्रो दिन पनि मेची र कोसीको यातायात ठप्प भएको छ ।
बन्दका कारण मेची राजमार्गमा चल्ने सवारी तीन दिनदेखि चल्न नसकेपछि यहाँको जनजीवन प्रभावित भएको छ । आफूहरूको अनुमति बिना सभासद्हरू संविधानको सुझाव सङ्कलन गर्न लिम्बुवान प्रान्तमा पसेको भन्दै मञ्चले आजसम्मका लागि लिम्बुवान राज्य बन्दको आहृवान गरेको हो ।
..........................................र्
अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले बन्द हड्ताल गर्नेलाई जेलसम्म हाल्ने गरी कडाइ गरिने बताउनु भएको छ ।
हिजो साझदेखि विराटनगरमा रहनुभएका अर्थमन्त्री भट्टर्राईले उद्योगीस"गको भेटमा बन्द, हड्ताल गर्नेलाई कडा कारवाही गर्ने बताउनु भएको हो ।
आज मोरङ व्यापार संघले विराटनगरमा गरेको छलफलमा सरकारले औद्योगिक क्ष्ँेत्रमा शान्ति सुरक्षाको सुधार गर्ने बताउनु भयो ।
उद्योगी व्यवसायीले साथ दिएमा कडा कानुन ल्याएर बन्द, हड्ताल रोक्ने भट्टर्राईले दावी गर्नुभयो । र्
अर्थसचिव समेतको उपस्थितिमा भएको कार्यक्रममा उद्योगी व्यवसायीले लगानीको वातावरण नभएको विद्युत नभएको र शान्ति सुरक्षा खस्किएको गुनासो गरेका थिए । र्
अर्थ मन्त्री भट्टर्राईले यस वर्षो बजेट जेठ १५ भित्र नै ल्याएर काम गर्न सजिलो बनाउने जानकारी समेत बताउनु भयो ।
बजेट छिटो आए उद्योगी व्यवसायीलाई फाइदा हुन्छ त्यसैले हामी छिटो बजेट ल्याउने तयारीमा छौं - उहा"ले भन्नुभयो ।
विद्युत आपर्ूर्तिका लागि भारत सरकारकास"ग कुरागरी थप विद्युत माग्ने पनि उहा"ले बताउनु भयो ।
अर्थमन्त्री भट्टर्राईले पर्ूवाञ्चलका उद्योगीलाई राहत दिने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।
.............................
रक्षामन्त्री रामबहादुर थापालेे सङ्क्रमणकालको फाइदा प्रतिगामी तत्वहरूले उठाउन सक्नेतर्फसचेत रहन विद्यार्थीहरूलाई आग्रह गर्नु भएको छ ।
सङ्क्रमणकालमा विदेशी शक्तिहरूले चलखेल गर्ने बताउँदै मन्त्री थापाले बाहृय हस्तक्षेप रोक्नको लागि तयार रहन पनि विद्यार्थी सङ्गठनलाई आग्रह गर्नु भयो । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले गरेको कार्यक्रममा मन्त्री थापाले यस्तो बताउनु भएको हो ।
जनमुखी शिक्षा अहिलेको आवश्यक रहेको बताउँदै रक्षामन्त्री थापाले वर्तमान शिक्षा नीति नै अशान्तिको प्रमुख कारण भएको जिकिर गर्नु भयो. े ।
स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै अखिल क्रन्तिकारी विद्यार्थी सङ्गठनले आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षामन्त्री थापाले शिक्षा क्षेत्रमा दलालहरूले आधिपत्य जमाइरहेको आरोप पनि लगाउनु भयो ।
रक्षामन्त्री रामबहादुर थापालेे सङ्क्रमणकालको फाइदा प्रतिगामी तत्वहरूले उठाउन सक्नेतर्फसचेत रहन विद्यार्थीहरूलाई आग्रह गर्नु भएको छ ।
सङ्क्रमणकालमा विदेशी शक्तिहरूले चलखेल गर्ने बताउँदै मन्त्री थापाले बाहृय हस्तक्षेप रोक्नको लागि तयार रहन पनि विद्यार्थी सङ्गठनलाई आग्रह गर्नु भयो
..................................
नेपाल सरकारको स्वामित्वमा रहेका देशकै ठुलो उदयपुर सिमेण्ट उद्योगले अप्रत्यासित रुपमा गैंडाछाप सिमेण्टको मुल्य बृद्धि गरेको छ ।
उद्योगले आजदेखि लागु हुनेगरी प्रतिबोरा अधिकृत बिक्रेता मुल्यमा ३० रुपैंया बृद्धि गरी ४ सय ८० रुपैंया पुर्‍याएको छ ।
बिभिन्न आयोजनाहरुका लागि प्रतिबोरा मुल्यमा ३३ रुपैंया बृद्धि गरी ४ सय ९० रुपैंया कायम गरेको उद्योगका महाप्रबन्धक उद्धव बहादुर कार्कीले जानकारी दिनुभयो ।
यसअघि अधिकृत बिक्रेता मुल्य ४ सय ५१ रुपैंया र आयोजनाहरुका लागि ४ सय ५७ रुपैंया मुल्य कायम रहेको थियो । उद्योगको हिजो काठमाण्डौंमा सम्पन्न संचालक समितिको बैठकले मुल्य बृद्धि गर्ने निर्ण्र्ाागरेको हो ।
.............................................
सरकारले हिजो. र्सार्वजनिक गरेको यातायातको नयाँ वैज्ञानिक भाडादर आज देखि लागु भएको छ ।
र्सार्वजनिक गरिएको भाडादर अनुसार तर्राईको रूटमा लामो दूरीमा प्रतिकिलोमिटर १ रुपैयाँ १८ पैसा कायम गरिएको छ भने मध्यम दूरीमा २ सय ५० किलोटिमरसम्म १ रुपैयाँ २५ पैसा तोकिएको छ ।
नयाँ भाडा दर अनुसार शहरी क्षेत्रमा ३ किलोमिटर सम्मको ९ रुपैयाँ, ४ किलो मिटरसम्म १० रुपैयाँ, ७ किलोमिटरसम्म ११ रुपैयाँ, ९ कोलोमिटरसम्म १२ रुपैया तय गरिएको छ ।
यस्तै १२ किलोमिटरसम्म १३ रुपैयाँ, १५ किलोमिटरसम्म १४ रुपैयाँ, २० किलोमिटरसम्म १६ रुपैया र २५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएको छ ।
...............................................
आफूहरूले सिफारिस गरेका विद्यालयहरूलाई मात्र भवन निर्माण गरिदिन अखिल नेपाल शिक्षक सङ्गठन क्रान्तिकारीका कार्यकर्ताले इलामका जिल्ला शिक्षा अधिकारीलाई दवाब दिएका छन् ।
विद्यालय भौतिक निर्माण तथा सुधार योजनाअर्न्तर्गत जिल्लाका ४० विद्यालयको भवन निर्माण गर्ने बारे यसअघि भइसकेको निर्ण्र्ाामेत खारेज गर्न कार्यकर्ताले जिशिअ हरि गौतमलाई दवाव दिएको बताइएको छ ।
प्रति भवन ५ लाख ५० हजार रुपैयाँमा निर्माण हुने ती भवनहरू अन्तर्रर्ााट्रय मान्यताअनुसारका भएका र विद्यालय व्यवस्थापन समितिको निर्ण्र्ााबमोजिम रहेकाले भवन निर्माणको पर्ूव निर्ण्र्ााा पुनर्विचार गर्न नसकिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
एक विद्यार्थी बराबर शुन्य दशमलव ७५ वर्गमिटरका दरले निर्माण हुने ती भवनहरू ५० जना विद्यार्थी क्षमताका रहने बताइएको छ ।
कार्यालयका अनुसार त्यस योजनाअर्न्तर्गत इलाममा हालसम्म ४० वटा भवन वितरण भइसकेको छ भने बाँकी १५ वटा भवन वितरणका क्रममा रहेका छन् ।

No comments:

Post a Comment