राती १० बजेको सेरोफेरो जस्ताको त्यस्तै , फागुन २३


आज पनि बिहानैदेखि गाडी चलेका छैनन भने तराइका जिल्लामा बजार पसल र शैक्षिक संघ संस्था समेत ठप्प छ ।
सप्तरीको कन्चनपुरमा वन्दका विरुद्ध रिक्सावाल र ठेलावालले वन्द गरे ।
वन्दका नाममा ज्यादती वढ्दै जादा आफुहरुको मजदुरी धरापमा परेका भन्दै उनीहरु सडक अवरोध हुन ।
वन्द आव्हानकर्ताले सप्तरीको फतेपुरको वलुवा चौकमा स १ च्ा ४११ न्म्वरको मारुती भ्यान तोडफोड गरेका छन ।
हिजो तनावग्रस्त सिराहा आज शान्तिपर्ुण्ा रहे पनि त्याहा बजार पसल र शैक्षिक संघसंस्था ठप्प भए । बन्दका कारण सनसरीका बक्लौरी र एकम्वामा हुने संबिधान सुझाव सङकलन कार्यक्रम स्थगीत भयो । यस्तै बन्दले उदयपुर सदरमुकाम गाईघाट लगायत प्रमुख बजारहरुमा खाद्यान्न तथा तरकारीको अभाव शुरु भएको छ । अभावका कारण बजारमा तरकारीको भाउ आकाशिएको छ ।
यसैविच सरकारले आन्दोलनरत थारु कल्याणकारिणी सभा, थरुहट सङ्र्घष्ा समिति, थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल आदिबासी जनजाति महासङ्घलाई वार्ताको लागि औपचारिक पत्र पठाएको छ ।
विभिन्न आन्दोरनरत पक्षसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिले आज औपचारिक पत्र पठाएको जानकारी दिएको हो ।
अहिलेसम्म थारु कल्याणकारिणी सभा र थरुहट सङ्र्घष्ा समितिले पत्र पाइसकेको समेत समितिले जनाएको छ ।
वार्ताको टेबुलबाटै समस्या समाधान गर्न पत्रमा आहृवान गरिएको छ । समितिका संयोजक तथा शान्ति तथा पुननिर्माणमन्त्री जनार्दन शर्माले वार्ताकै माध्यमबाट तत्काल पूरा गर्न सकिने मागलाई तत्कालै सम्बोधन गरिनेसमेत मन्त्री शर्माले बताउनुभयो ।
................................................
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनमत संकलन गर्न गाउ गाउ गएका टोलीलाइ सहयोग गर्न सरकारी कर्मचारीलाइ निर्देशन दिनु भएको छ ।
उहाले परिवर्तित अवस्थाको जनतालाइ अनुभुती हुने गरि काम गर्न समेत कर्मचारीलाइ निर्देशन दिनु भएको छ ।
किरात थाक्थुङ चुम्लुङको महाअधिवेसनको उद्घाटन गर्न तेह्रथुमको म्याङलुङ पुग्नु भएका सभाध्यक्ष नेम्वाङले यस्तो निर्देशन दिनु भएको हो ।
उहाले संविधानसभाको जनमत संकलन टोलीलाइ सहयोग गर्न नागरिक समाज राजनितिक दललाइ आग्रह गर्नु भएको छ ।
यसअघि बिहान धनकुटाका पत्रकारहरूसँग्ा कुरागर्दै दलगत स्वार्थलाई त्यागेर संविधान निर्माणका लागि सुझाव सङ्कलन गर्न दलहरूलाई आग्रह गर्नु भएको छ ।
उहाले संविधान निर्माण जस्तो काममा दलहरूले दलगत स्वार्थलाई लिन नहुने बताउनु भयो
सभाध्यक्ष नेम्वाङले जनमत सङ्कलन जस्तो काममा सभासद्हरुले तटस्थ बस्न्ुपर्ने बताउनु भयो ।
सभाध्यक्ष नेम्वाङले बन्दले सुझाव सङ्कलनमा अवरोध पुगेको प्रति चिन्ता व्यक्त गर्दै संविधान निर्माण जस्तो महत्वपर्ूण्ा काममा अवरोध नपुर्याउन बन्द आहृवानकर्तालाई आहृवान गर्नुभयो ।
सभाध्यक्ष नेम्वाङले जस्तोसुकै अवरोधका बीच पनि समयमा नै संविधान बताउने प्रतिवद्धता व्यक्त गर्दै त्यस प्रति आशङ्का नगर्न पनि आग्रह गर्नुभएको छ ।
.........................................
कोसी बिस्थापीतहरुका लागि सरकारले खाद्यान्न किन्नकालागि प्रति परिवार महिनाको ५ हजार सात सय रुपैयाँ दिने निर्ण्र्ाागरेको छ ।
गहृ मन्त्रालयमा बसेको बैठकले ५ जना सम्मको परिवारलाइ त्यति रुपैयाँ दिने निर्ण्र्ाागरेको हो ।
कोसीले पर्ुर्वी तटबन्ध भत्काएपछि बिस्थाीपीत भइ बिभीन्न शिवीरमा बस्दै आएको सुनसरीका ५० हजार भन्दा बढि बाडी पिडीतहरुलाइ केही दिनमै पहिलो चरण अन्तरगत रकम बितरण गर्ने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी फडीन्द्र पोखरेलले बताउनु भयो ।
उहाँले गृह मन्त्रालयले निर्ण्र्ाागरेकाले जिल्ला प्रसासन कार्यालय सुनसरीले रकम बितरण गर्ने बताउनु भयो ।
यस अघि कोसी पिडीतहरुलाइ बिश्व खाद्य सङ्गठनले खाद्यान्न सहयोग गर्दे आएकोमा तीन साता देखि खाद्यान्न रोकेको थियो ।
खादन्न सहयोग रोकीएपछि सरकारले पीडीतहरुका लागि खाद्यान्न किन्न रकम दिने निर्ण्र्ााभएको पोखरेलले बताउनु भयो । खाद्यान्न सहयोगका लागि सरकारले कोसी पिडीतहरुको राहात र उद्यारका लागि भनेर घोाषणा गरेको २ अर्वको राहात प्याकेजबाट सो रकम निकासी हुने छ ।
बिश्व खाद्य सङगठनले कोसी बिस्थापीतहरुलाइ यस अघि मासिक रुपमा प्रतिब्यक्ती १३ केजी चामल , २ केजी दाल र १ लिटर तेल बितरण गर्दे आएको थियो ।
कोसी पिडीतहरुलाइ मासीक रुपमा ८ सय रुपैयाँ प्रति परिवार समेत दिइदै आएको थियो । तीन सात देखि भने अकस्मात खाद्य सङगठनले खाद्यान्न सहयोग रोकेपछि शिवीरमा खाद्यान्न अभाव भएको थियो
..............................
स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणी पोखरेलले वर्तमान सरकार ढाल्न प्रतिक्रान्तिहरु चौतफिर् सलबलाइरहेको बताउनुभएको छ ।
अनेरास्ववियू -क्रान्तिकारी) ले महेन्द्र रत्न बहुमुखी क्याम्पसमा आयोजना गरेको शहीद सप्ताह समापन कार्यक्रमा बोल्दै मन्त्री पोखरलले वर्तमान सरकार ढाल्दा महिला, जनजाति, दलितलगायतका सबै समुदाय र वर्गको मुक्तिको आन्दोलनमा कुठराघात हुने बताउनुभयो । उहाँले अहिलेको सरकार ढल्नु भनेको जनआन्दोलनको सम्पर्ूण्ा उपलव्धी ढल्नु हो भन्नुभयो ।
मन्त्री पोखरेलले सेना समायोजनको प्रसंगमा बोल्दै वृहत शान्ति संझौताको मान्यता विपरित काम गर्न नमिल्नेमा जोड दिनुभयो । उहाँले दुवै खालका सेनालाई समायोजन गरेर राष्ट्रिय सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अनेरास्ववियू -क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष लेखनाथ न्यौपानेले २०४६ सालपछि स्ववियू पथभ्रष्ट भएको बताउनुभयो ।
....................................
झापाको सुरुङ्गास्थित कनकाई क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् ।
अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको कार्यक्रम नेविसंघले विथोल्न खोजेपछि डेढ घण्टा झडप भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
झडपमा नेपाली काङ्ग्रेस गाउँ इकाइ सभापति नेत्र चिमरिया, र तरुण दलका सन्तोष रायमाझी घाइते भएका छन् । क्रान्तिकारीतर्फप्रकाश आचार्य र कैलाश वराल घाइते भएको प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरीले नेविसंघका राज कुँवर, क्रान्तिकारीका किरण भट्टर्राई र रत्न सुब्बालाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई छोड्न दवाव दिदै विद्यार्थीले प्रहरी चौकी सुरुङ्गा घेराउ गरेपछि साझ उनीहरुलाई छोडिदिएको प्रहरी नायव निरीक्षक बिष्णु खड्काले बताउनु भयो ।
कार्यक्रममा माओवादी सभासद गौरीशंकर खड्का, वाईसीएलका केन्द्रीय सदस्य अग्निलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
बिज्ञान तथा प्रबिधी मन्त्री गणेस साहाले कोसी सम्भौतामा पुनरावलोकन गर्नु पर्ने बताउनु भएको छ
सम्झौता पुनरावलोकन नभए सम्म कोसीले पटक पटक बिपत्ती ल्याउने भन्दै यसकालागी सरकारले पहल थाल्ने बताउनु भयो ।
सुनसरीको इनरुवामा पत्रकारसँग कुराकानी गर्दे मन्त्रि साहाले सम्झौताले गर्दा नेपालले तटबन्ध मर्मतको काम समेत गर्न नसकिएकाले कोसीले तटबन्ध भत्काएको बताउनु भयो ।
मन्त्रि साहले कोसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै यसले समस्या पारिरहने बताउनुभयो ।
.................................
दैनिक १४ घण्टा लोडसेडिङ भैरहेको बेला बन्द भएको मोरङ वाँसवारी स्थित बिद्युत प्राधिकरणको मल्टिफ्युलले दैनिक १८ मेघावाट बिद्युत उत्पादन गर्न थालेको छ ।
प्लान्ट संचालन गर्न आवश्यक पर्ने फर्नेस आयल अभाव हुँदा दश दिन मल्टीफ्युल बन्द भएको थियो ।
नेपाल आयल निगमबाट सिमित इन्धन प्राप्त हुने गरेको कारण पटक पटक बन्द भएको मल्टि फ्युल अब भने नियमित संचालन हुने बताइएको छ ।
निगमले विगतमा एक पटकमा १ सय किलो लिटर इन्धन उपलव्ध गराउने गरेकोमा अहिले भने ३ सय किलो लिटर फर्नेस आयल उपलव्ध गराउने तयारी थालेको छ । चालु अवस्थामा रहेको जेनेरेटरका लागि अहिले दैनिक ४० किलो लिटर इन्धन आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।
मल्टिफ्युलमा रहेको ६ वटा जेनेरेटर मध्ये तीन वटा व्रि्रेका छन् । व्रि्रेको चार नम्बर जेनेरेटर भने मर्मत पछि संचालनमा आएको छ ।े ।
प्रारम्भीक जानकारी अनुसार बन्द रहेको मल्टिफ्युल पर्ुण्ा क्षमतामा संचालन गर्न ३० करोड खर्च लाग्ने छ भने त्यसका लागि करिव ५ महिना समय लाग्ने उहाँले जानकारी दिनुभयो ।
भद्रपुर विमानस्थलको स्तरबृद्धि र पुनर्निर्माणका लागि भोलिदेखि झापा-काठमाडौ हवाइ उडान बन्द हुने भएको छ ।
आगामी एक महिनासम्मका लागि उडान बन्द गरिन लागेको नेपाल नागरिक उड्ययन प्राधिकरण कार्यालय भद्रपुरले जनाएको छ ।
विमानस्थलको धावन मार्ग, ट्याक्सी वे र एप्रोन सुधारका लागि काम थालिएकाले हवाइसेवा बन्द गर्नु परेको विमानस्थल कार्यालयका इञ्जिनियर मणि गोविन्द श्रेष्ठले बताउनु भयो ।
उहाँले प्राधिकरणको निजी स्रोतबाट विमानस्थलको पुनर्निर्माण गरिन लागेको जानकारी दिनु भयो । प्राधिकरण कार्यालय स्रोतका अनुसार आठ करोड ९१ लाखको लागतमा विमानस्थलको पुनर्निर्माण गरिन लागेको हो ।
प्राधिकरण केन्द्रीय कार्यालयले आगामी चैत २४ सम्म उडान बन्द गरिएको सूचनामार्फ जनाएको छ । झापामा बुद्ध र यति एयरलाइन्सले दैनिक छ वटा उडान भर्दै आएका थिए ।
.................................
सप्तरीको गमरीया पर्वाह गाविसका रामेश्वर मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।
घरमा टेलीभिजनको तार जोडिरहेको अवस्थामा तार पड्किएर करेन्ट लागेर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
...................
विराटनगरका उद्योगी व्यवासायीले नियमित विद्युत आपर्ूर्तिको माग गर्दै आज विराटनगर भन्सार कार्यालय घेराउ गरेका छन् । आन्दोलनका दोस्रो चरणको कार्यक्रम अर्न्तर्गत उद्योगी, व्यवसायीले आज भन्सार कार्यालय घेराउ गरेका हुन् ।
विद्युत नियमित आपर्ूर्ति हुनुपर्ने, शान्ति सुरक्षाको व्यवस्था गरिनु पर्नेलगायतका माग राखी उद्योग संगठन मोरङको अगुवाईमा विराटनगरमा आन्दोलन भइरहेको छ ।

No comments:

Post a Comment