विहान नौ बजेको सेरोफरो, फागुन २४



थारुवानको लगातारको वन्द आज छठौ दिन पनि जारी छ । आज पनि तर्राईका जिल्ल्ाामा बिहानैदेखि गाडी चलेका छैनन । इटहरी पर्ूव र धरानदेखि पहाडी जिल्ल्ाामा भने यातयात चलिरहेको टाफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
थारुवान संर्घष्ा समितीकोे छठौ दिन देखीको वन्दले जनजीवन भने थप कष्टकर वनेको छ । बन्दले र्सवसाधारणले सास्ती खेप्पुपरिरहेको छ । सयौ यात्रीहरु र सवारीका साधन सडकर्मै अलपत्र पर्दा गन्तव्य स्ूथानमा पुग्न सकेका छैनन् । थारुहरुले गरेको लगातारको आन्दोलनबाट तनावग्रस्त बनेको चितवनका विभिन्न ठाउँहरुमा आज विहानैदेखि पर््रदर्शन भइरहेको छ ।
त्यस्तै आन्दोलनकारीहरुले नारायणगढ-हेटौडा सडकखण्ड, रत्ननगर चोक र सौरहाचोकमा पनि टायरबालेर पर््रदर्शन सुरु गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीमा बिहान थारु कार्यकर्ताले एक जीपमा आगजनी गरेका छन । दर्ुइ वटा सवारी साधनमा तोडफोड गरिएको छ ।
बन्द आव्हानकर्ताहरुले अवज्ञा गरेको भन्दै पर्ुबपश्चिम राजमार्ग अर्न्तर्गत नवलपरासीको तिकलपुर- १ तुलसीनगरमा पश्चिमबाट पर्ूवतर्फआउँदै गरेको बा. १. झ. ८१०५ नम्बरको टोयटा जीपमा आगजनी ग्ारेको प्रहरीले बताएको छ ।
यस्तै बन्दको अबज्ञा गरेको भन्दे थरु कार्यकर्ताहरुले नवलपरासीको दुम्कैलीस्थित रजहरमा ना. १. ख. ८५८६ नम्बरको बस र बा. १. झ. ८१०५ नम्बरको एम्बुलेन्समा तोडफोड गरेको प्रहरीले बताएको छ ।
वन्द अवज्ञा गरेको भन्दै थरुहटका कार्यकर्ताहरुले गएराती दाङको लमहीमा दुइ वटा मोटरसाइकलमा आगजनी गरेका छन । थरुहट कार्यकर्ताले लु १ प ५९७५ र रा १ प ३३८८ नम्वरको मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्याल्ाय दाङले जनाएको छ ।
त्यसक्रममा बन्दकर्ताले मोटरसाइकलमा सवार दुइ जनालाई निर्घर्ााकुटपिट पनि गरेका छन । वन्दकर्ताल्ो दाङको लमहीमा रहेको कृषि सामग्री संस्थानमा पनि आगो लगाएका छन । आगजनीबाट त्यहा राखिएका २ सय बढी रासायनिक मल जलेर नष्ट भएको छ ।
यता बिरामी बोकेर जादै गरेको रा १ ज २८५ नम्वरको जीपमा गएराती बन्दकर्ताहरुले दाङको नारायणपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ
....................
सरकारले आन्दोलनका कारण बन्द राजमार्ग सुचारु गर्न आजबाट राजमार्गहरुमा कडा सुरक्षा ब्यावस्था मिलाउने भएको छ ।
तर्राईका जिल्लाहरुमा भइरहेको थारु समुदायको पर््रदर्शनले हजारौ यात्रुहरुबीच बाटोमै अलपत्र परका यात्रुहरुलाई गन्तब्यमा पुर्‍याउन राजमार्गहरुमा कडा सुरक्षा पहरा दिइने भएको हो । गृहमन्त्रालयले सशस्त्र र जनपथ प्रहरीलाई सुरक्षामा कडाइ निर्देशन दिइसकेको छ ।
गृहमन्त्रालयका प्रवक्ता नवीन घिमिरेले गाडीहरुलाई स्कटिङ गरेर भएपनि यात्रुहरुलाई गन्तब्यमा पुर्‍याउन सरकारले विषेश सुरक्षाको ब्यावस्था मिलाएको जानकारी दिनुभएको छ ।
बाटामा नै आन्दोलनकारीहरुले पाला टागेर बसेकाले उनीहरुलाई कसरी हटाउने भन्ने विषयमा गृहमन्त्रालय आन्तरिक छलफलमा रहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
....................
म्याग्दीको चिमखोलामा गत पाँचदिनदेखि फैलिएको झाडापखालावाट २०० जनाभन्दा बढि विरामी परेका छन । चिमखोला गाविसका ९ वटै वडाका वासीन्दाहरु प्रभावित भएका छन् ।
झाडापखालावाट विरामी परेकाहरुमा अधिकांश वालवालिका रहेको बताईएको छ । जिल्ला सदरमुकाम बेनीवाट एक दिनको पैदल यात्रापछि पुगिने सो गाउँका वासीन्दाहरु विरामी परेपछि गाउँको स्वास्थ्यचौकीमा पर्याप्त औषधिअभाव हुनुका साथै पहिलो चरणको टोलिले नियन्त्रणमा लिन नसेकका कारण स्वास्थ्यकर्मी भरत पौडेलको नेत्रृत्वमा हिजो अर्कोटोलि त्यसतर्फगएको बताईएको छ ।
गत फागुन १९ गते एकै घरका ३ जनामा देखापरेको झाडापखालावाट हिजोसम्म पुरै गाविससम्म फैलिएको पुनले जानकारी गराउनु भयो । यता जिल्ला अस्पताल म्याग्दीले भने झाडापखाला लागेका विरामीहरुमध्ये करीव १ सयभन्दा बढिको उपचार भइसकेको र स्वास्थ्यकर्मी र औषधिसहितको टोली त्यसतर्फपर्ठाईसकिएको बताएको छ ।
......................
सबिधान सभाको सुझाव सकंलनका लागी झापाको टागनडुब्बा पुगेको सभाषदको टोलीलाई मुस्लीम समुदायले अबरोध पुर्‍याएका छन ।
सभाषद केशवकुमार बुढाथोकीको नेतृत्वमा पुगेको सभाषदको टोलीलाई मुस्लीम नागरिकहरुले आफुहरुले आयानेजना गरेको कार्यक्रममा सभाषद उपस्थित नभएको बिरोधमा अबरोध पुर्‍याएका हुन ।
२सय ५० बढी सख्यामा रहेका मुस्लीमहरुले सबिधानमा आफ्नो अधिकार ग्यारेन्टी गर्न समेत सभाषदहरुलाई आग्रह गरेका छन । केही दिन अघि स्थानिय मदरसामा आयोजित मुस्लीम समुदायको कार्यक्रममा सभाषद अनुपस्थीत भएपछी उनीहरु आक्रोशित बनेका हुन ।
...................
एकिकृत माओवादीको जनसेनाका एक कमाण्डरले सरकारलाई नेपाली सेनाको भर्ति खुल्ला गरेर जनसेनाको भर्ति रोक भन्ने नैतिक आधार नरहेको बताएका छन ।
ज्ानसेनाको प्रथम डिभिजन मुख्यालयका उपकमाण्डर पावेलले नेपाली सेनाको भर्तिलाई सरकारले मान्यता दिएको कारण जनसेनाको भर्ति खुल्ला गर्ने आधार पाएको बताउनुभयो ।
जनसेना र नेपाली सेनाको दुरी निकै बढ्छ तर यसमा हाम्रो कुनै आपत्ति नरहेको वहाँले बताउनुभयो । प्रथम डिभिजनले ३ दिन अघि शुरु गरेको भर्ना प्रकृयामा दैनिक ५० बढी युवाहरुले आवेदन दिएको र १ हजार नयँा लडाकुहरु भर्ना गरिने समेत वहाँले बताउनुभयो ।
हाल सम्म आवेदन दर्ता गराउने मध्ये १० प्रतिशत महिला रहेको उहाँको भनाई छ । १ सय ८० बढीले आवेदन फारम भरेको र अझै ७दिन सम्म जारी रहेने पावेलले जनकारी दिनुभयो ।
.....................
पर्ूव पश्चिम राजमार्गको बर्दिया भुरीगाउ सडक खण्डमा आज विहान प्रहरीको एक गाडी दर्ुघटना हुदा सात जना प्रहरी घाइते भएका छन् । वन्दका कारण अलपत्र परेका यात्रुहरुको उद्धार गर्नका लागि रोकिएका गाडीलाई स्कर्टिङ गरिरहेको प्रहरीको सो गाडी बबई बुढी खोलामा विहान सात ३० बजे दर्ुघटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
दर्ुघटनामा परेका प्रहरीहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।
...................................
अन्तर्रर्ााट्रय महिला दिवसको अवसरमा दक्षिण एसियाला "महिलाहरुको ऐक्यवद्धता" नामक तिनदिने कार्यक्रम आज देखि राजधानीमा सुरु हुंंदै छ ।
राजधानीको त्रिपुरेश्वरमा तिनदिन सम्म चल्ने कार्यक्रममा साझेदारीको विकास, अन्तरक्षेत्रिय व्यापार मेला, नारी संसार-एकाकार, पदयात्रा, चित्रकला पर््रदर्शनी लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ
..............................
नेपाल स्वास्थ्यकर्मी संघको राष्ट्रिय अधिवेसन आज देखि राजधानीमा सुरु हुने भएको छ ।
अधिवेसनको उद्घाटन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले गर्नुहुने कार्यक्रम रहेकेा छ ।अधिवेसनमा देशभरबाट करिव दर्ुइसय जना प्रतिनिधीको सहभागिता रहने संघले जनाएको छ ।
...............................
प्रथम प्रधानमन्त्री कप अर्न्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज नेपाल निलो र थाईल्याण्डको जे डब्लू टिमबीच प्रतिष्पर्धा हुनेभएको छ ।
हिजो भएको खेलमा समुह बी अन्तर्रगर्त उपाधीको प्रवल दाबेदार मानिएको नेपाल रातो, बड्डलादेशको आरामबागसंग १-१ गोलको बराबरीमा रोकीएको थियो ।
विहिवार भएको उद्घाटन खेलमा नेपाल निलो, श्रीलंकाको राष्ट्रिय टिमसंग पराजित भएको थिया ।
दर्ुइ टिम सहभागि रहेकेा नेपाली टिमले एक खेलमा हार र एक खेलमा बराबरीमा चित्तबुझाएपछि घरेलु दर्शकहरुले नेपालको जितका लागि आजको खेल कर्ुर्नुपरेको छ ।
...............................
स्वर्गीय फोटो पत्रकार सुबोध सिंहको स्मृतीमा विरगन्जमा आज देखि क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
नेपाल पत्रकार महासंघको आयोजनमा विरगन्ज्को आदर्शनगर रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन महासंघका केन्द्रय सदस्य महेश दास र स्वर्गीय फोटो पत्रकार सिंहका बुबा श्याम सिंहले संयूक्त रुपमा गर्नु भएको छ ।
उद्घाटन खेल अहिले बिजाम पर्ुनस्थापना केन्द्र र बैकर्ंस एशोसियसन बिच भइरहेको छ ।
टस जितेर एशोसियसनले अहिले व्याटिङ गरिरहेको छ । प्रतियोगितामा नेपाल पत्रकार महासंघ , विरगन्ज जेसिस , र्सर्ूय नेपाल प्रालि लगायत ६ वटा टीमको सहभागिता रहेको छ ।
उद्घाटन महासंघका केन्द्रय सदस्य महेश दास र स्वर्गीय फोटो पत्रकार सिंहका बुबा श्याम सिंहले संयूक्त रुपमा गर्नु भएको छ ।


No comments:

Post a Comment