राती १० बजेको सेरोफेरो, फागुन २४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत थारु समुदायका जुनसुकै मागमाथि वार्ता गर्न सरकार तयार रहेको बताउँदै आन्दोलनका सम्पर्ूण्ा कार्यक्रमहरू स्थगन गरी वार्तामा आउन आब्हान गर्नुभएको छ ।
साँझ प्रधानमन्त्री प्रचण्डले विज्ञप्ती निकालेर आन्दोलनरत थारु समुदायलाइ वार्तामा आउन आग्रह गर्नु भएको हो ।
विज्ञप्तीमा केही दिनदेखि आफ्ना विभिन्न माग राखी मुलुकका विभिन्न भागमा संयुक्त थारुहट संर्घष्ा समिति, संयुक्त लोकतान्त्रिक थारु संर्घष्ा समिति, थारु राष्ट्रिय मुक्ति मोर्चा, थारु कल्याणकारी परिषद्, नेपाल लोकतान्त्रिक थारु संघलगायतका संघ/संस्थाले गरेको आन्दोलनप्रति नेपाल सरकार अत्यन्त संवेदनशील भएको उल्लेख गर्दै वार्ताका माध्यमबाट नै सम्पर्ूण्ा समस्या समाधान गर्न सरकार तत्पर रहेको जनाईइको छ ।
प्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा भएको जनधनको क्षत्रि्रति आफु अत्यन्त दुःखीत भएको बताउँदै पीडित पक्षलाई उचित राहत, क्षतिपर्ूर्ति तथा सम्मानको व्यवस्था गर्न सरकार प्रतिबद्धता जनाउनुभएको छ । साथै आन्दोलनको दौरानमा भएका घाइतेहरुको निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको पनि प्रधानमन्त्री द्वारा जारी विज्ञत्तीमा उल्लेल छ ।
यता थारुवान संयुक्त र्सर्ंघष समितिको ६ दिन देखी जारी बन्दले तर्राईका जिल्लाको जनजिवन कस्टकर बनेको छ ।
बन्दकर्ताहरुले उदयपुरको त्रियुगा नगरपालिका-७ मोतिगडामा दिउसो एउटा ट्याक्टर तोडफोड गरेकाछन् ।
गाईघाट बजारबाट ढुंगा बोकेर मोतिगडा तर्फजाँदै गरेको को १त २११० नम्बरको बन्दकर्ताहरुले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक पशुपतिनाथ डोटेलले बताउनु भयो । बन्दका कारण सिराहाको लाहानमा चार सय बढि यात्रु अलपत्र परेका छन ।
बन्दले मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर लगायतका तराइका जिल्लाको जनजिवन कस्टकर बनेको छ । सुनसरीको लविपुरमा वन्द कर्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल र भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छादा।रको पुत्ला दहन गरेको द्धारिकालाल चौधरीले वताउनु भयो ।
छ दिन देखीको बन्दले तराइका जिल्लामा दैनिक उपभाग्यवस्तुको अभाव हुन थालेको छ । तरकारी र अन्य खाद्य बस्तुको मुलय पनि आकाशीएको छ ।
बन्द लम्बिदै जाँदा र्सवसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ र्।र् इन्धनको अभावमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन पर्याप्तमात्रामा संचालन हुन सकेका छैनन् ।
यता थारुवान राष्ट्रीय मुक्ति मोर्चाले आज विराटनगरमा विरोध जुलुश पर््रदशन गरेको छ ।
यसैविच संघिय लिम्बुवान राज्य परिषदले थारुहरुको आन्दोलन प्रति ऐक्येबद्धता जनाएको छ ।
दिउसो धरानमा पत्रकार सम्मेलन गरि थारुहरुको माग सम्बोधन गर्न र आन्दोलनका क्रममा मृत्यु भएकालाइ उचित क्षतिपर्ुर्ती दिन माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै परिषदका अध्यक्ष संजुंहाङ पालुङ्वाले थारुलगायत अन्य जनजातीकोमाग सम्बोधन गर्न आग्रह गर्नु भएको छ ।
यस्तै नेपाल लोकतान्त्रिक थारुसंघ सुनसरीले पनि विज्ञप्ती जारी गरि थारुहरुको आन्दोलनप्रति ऐक्येबद्धता जनाउदै आन्दोलनमा चितवनमा मारिएकालाइ सहिद घोषणा गर्न र घाइतेलाइ क्षतिपर्ुर्ति र उपचारको व्यवस्था गर्न माग गरेको छ ।
..........................................
संविधान सभाका अध्यक्ष सुभाष नेम्वाङ्गले एक्ला एक्लै हिडेर र आपसमा आलोचना गरेर दलह/m अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।
संविधान निर्माणको चुनौति सामना गर्न सबै राजनीतिक दल र विभिन्न समुदाय एक भएर हिड्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
पर्ुवाञ्चल मुस्लिम भेलालाई आज बिराटनगरमा सम्वोधन गर्दै उहाँले एक जुट भएर लक्ष्य तर्फअगाडि बढेमात्र लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।
नयाँ संविधान निर्माण गर्ने अभियान संचालन भैरहेको बेला मुस्लिम र अन्य जाती तथा जनजातीहरुले संचालन गर्ने अभियानलाई संविधान निर्माण अभियानसंग जोड्न उहाँले आग्रह बताउनुभयो ।
संविधान सभाले संविधान निर्माणको काम निर्वाध ढंगले अगाडि बढाइरहेको बताउनुहुदै संविधान सभाका अध्यक्ष सुभाष नेम्वाङ्गले २०६७ साल जेठ १४ गते भित्र संविधान निर्माण भैसक्ने विश्वास व्यक्त गर्नुभयो । संविधान सभाले गठन गरेको सबै समितिहरुमा मुस्लिमहरुलाई सहभागि गराइएकोले अब बन्ने संविधान मुस्लिमको संविधान हुने र त्यसले मुस्लिमहरुलाई अधिकार सम्पन्न बनाउने बताउनुभयो । कार्यक्रममा मुस्लिम नेताहरुले मुस्लिम समुदायलाई मधेशीमा सुचिकृत गर्ने सरकारी निर्ण्र्ााो विरोध गर्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
........................................
प््राश्नावली कम भएको भन्दै स्थानियलर्ेर् इटहरीमा संविधानसभा सुझाव सँकलन कार्य केहिवेर अवरुद्ध पारे ।
कार्यक्रम अवरुद्ध भए पछि बसेको र्सवदलिय बैठकले भोलीदेखी नगरपालीका कार्यलयबाट पार्टर्ीी तथा संस्थागत रुपमा प्रश्नमवली उपलव्ध गराउने सहमती पछि सुझव संकलन कार्य पुन सुरु भयो
प््राश्नावली वितरण पछि चैत सात गते सभासदहरुको टोृलीसंग पुन छलफल गर्ने सहमती पनि भएको छ । कार्यक्रममा बिजुली नभएर प्रश्नवाली समेत तयार पार्न नपाएको सभाषदहरुले बताएपछि कार्यक्रममा सहभागीहरुले होहल्ला गरेर अवरोध गरेका हुन । र्सवसाधारणले सवैले आफ्नो मत र सुझाव राख्न पाउनु पर्छ भन्दै सभाषदहरुलाइ समेत घेराउ समेत गरे ।
उताजनमत संकलन टोलीलाई झापाका विभिन्न ठाउँमा पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चले आज अवरोध गर्यो ।
मञ्चले मेचीनगरको धुलाबारीमा आयोजित कार्यक्रममा समय माग्दै जनमत संकलन कार्य बन्द गर्न चेतावनी दिएको थियो । सभासद विश्वदीप लिङदेनको नेतृत्वमा रहेको टोलीलाई प्रश्नावली भरेर कुनै औचित्य नहुने भन्दै अवरोध सिर्जना गरिएको मञ्चका सूचना तथा संचार विभाग प्रमुख हस्त केरुङलेजनाउनु भएको छ ।
यसअघि धरमपुर, शान्तिनगर र तोपगाछीमा पनि मञ्चले सभासदको टोलीलाई अवरोध सिर्जना गरिसकेको थियो । उनीहरुले लिम्बूवान भूमि स्वतन्त्र घोषणा भइसकेकाले नयाँ संविधान लेखनका लागि जनमत संकलन गर्न नआउन पहिल्यै चेतावनी दिइसकेको थियो ।
........................................
नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुजाता कोइरालाले माओवादीले आफ्नो ब्यवहार र कृयाकलापमा सुधारगरेर सहमती र सहकार्यको राजनितीनगरे कांग्रेस आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
विराटनगर बिमानास्थलमा दिउसो संचारकर्मीसंग कुरागर्दै नेतृ कोइरालाले माओवादी राष्ट्रलाई कमजोर बनाएर संघियताका नाममा मुलुक टुक्राउने खेलमा उद्यत रहेको आरोप समेत लगाउनु भएको छ ।
माओवादी प्रति निकै आक्रामक देखिनुभएकी कोईरालाले वाईसीएलको अराजक गतिविधि नियन्त्रणनगरे, एकलौटी रुपबाट मुलकलाई खण्डित पार्नेकाम जारीराखे काग्रेस आन्दोलनमा होमीने स्पष्ट पार्नुभयो ।
माओवादीले सहमती र सहकार्यको राजनीती छोडेर एकदलिय अधिनायकवादबाट मुलुक चलाउन खोजे यो सरकारको बिकल्प खोजीने समेत बताउनु भयो ।
माओवादी लडाकु भर्नाप्रकृया तत्काल रोक्नुपर्ने बताउँदै कोइरालाले पार्टर्ीीे अध्यक्ष र सरकार प्रमुख भएरपनि प्रचण्डले आफ्ना लडाकु भर्नाप्रकृया रोक्न नसके राजीनामा दिनुपर्ने बताउनु भयो ।
........................................
धनकुटाको मुलघाटमा वनभोज खान गएका धरानको इर्स्र्टन पोलीटेक्निक टे्रनीङ सेन्टरमा सिभील ओभर सियरका विद्यार्थी सन्तोष लामीछाने तमोर नदिमा डुवेु वेपत्ता हुनुभएको छ ।
टे्रनीङ सेन्टरबाट वनभोज गएका लामिछाने नदिमा पोडि खेल्नेहुदा बगाएर बेपत्ता हुनुभएको शिक्षक चन्द्रमणि मगरले बताउनु भयो ।
झापाको भुटानी सरणर्थी सिविरका लामिछाने धरानमा बसेर सव ओभरसियर पढ्दै आउनु भएको थियो । डुवेर बेपत्ता लामिछानेको खोजी भैरहेको प्रहरीले बताएको छ ।
स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेलले आफ्नो अस्तीत्व रक्षाका लागी थारुहरुले गरेको आन्दोलन जायज रहेको टिप्पणी गर्नुभएको छ ।
उहाँले सबैले आफ्नो अस्तीत्व पाउन लडाइँ गर्नुपरेको स्मरण गर्दै आन्दालनको प्रकृति केही सुधानू पर्ने धारणा अघि सार्नुभयो ।
आज झापा र इलाममा छुट्टै कार्यक्रममा बोल्दै उहँाले बर्तमान सरकारलाई ढाल्न चारै दिशाबाट प्रसितकृयाबादीहरु सलबलाइरहेको आरोप लगाउनुभयो ।
पत्रकारहरु सँग कुरा गर्दै सेना विवाद अन्त्य गरी तुरुन्त सेना समायोजन गर्नुपर्ने उहाँको भनाइ छ ।
सरकार कसैले टिका लगाइदिएको भरमा नचल्ने दाबी गर्दै मन्त्री पोखरेलले सबैको सहयोगले नै सरकार चलानउन सजिलो हुने बताउनुभएको छ ।
........................................
आँखाको बढी जाँच हुने अस्पतालमध्ये एशियामैे दोश्रो स्थानको रुपमा रहेको सगरमाथा चौधरी आँखा अस्पताल लहानमा मात्रै एक बर्षो अवधिमा एकलाख १३ हजार ३ सय २४ जना आँखाका रोगीको उपचार गरिएको जनाएको छ ।
त्यसैगरि अस्पतालको बिराटनगर शाखाले ९२ हजार ६२ जना रोगी सहित जम्मा २ लाख ७९ हजार ५सय९० जनालाई सेवा पुरयाएको पर्ूवान्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमका संयोजक बिन्देश्वर महतोले जानकारी दिनुभएको छ ।
अस्पतालले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै सन् २००८ को अबधिमा सो संख्यामा उपचार सेवा प्रदान गरिएको जनाएको हो ।
..........................................
बालआश्रम र कवर्ड हल निर्माणका लागि झापाको विर्तामोडमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको छैठौ दिन आज १४ लाख बढी सहयोग संकलन भएको छ ।
एकल महिला समूह र नागरिक समाजको आयोजनामा फागुन १८ गतेदेखि आयोजित सप्ताहव्यापी महायज्ञमा र्सवाधिक चन्द्रप्रसाद बजगाईले ५ लाख रुपैयाँ सहयोगगर्नुभएको छ । त्यस्तै, राधाकृष्ण मैनाली, डम्बर थापाले एक लाख एकाउन्न हजार एक रुपैयाँ/ एक लाख एकाउन्न हजार एक रुपैयाँ, तिलक गिरीले एक लाख एक हजार एक, राजेन्द्र थापाले एक लाख, पर्ूण्ा, राधा सुब्बा ५१ हजार, पवन खेडियाले ५० हजार एक सय एक रुपैयाँ सहयोग गर्नुभएको छ ।
..........................................
भ्ाुजेलहरुको पर्ुवान्चल स्तरीय भेलाले ७ वुदे घोषणा पत्र जारी गरेको छ ।
भ्ेालालेे सघीय प्रणाणी प्रान्तीय स्तरमा २ सदनात्मक व्यावस्था र माथिल्लो सदनमा जातीय सभा हुनु पर्ने , भौगोलिक , आर्थिक र प्राकृतिक श्रोत र साधनको आधारमा सघीयाता विभाजन हुनु पर्ने , भुजेल जाती लगायत अन्य जात जातीको भाषा र सस्कृतिलाइ राष्ट्रले राष्ट्रिय सम्पतीको रुपमा सम्रक्षण र सम्वद्धन गर्नु पर्ने , कुनै पनि एक जाती वा समुदायलाइ राज्य सन्चालनमा अग्राधिकारको व्यावस्था गरिनु पर्ने लगायतका माग राखीै ७ वुदे घोषणा पत्र जारी गरेको हो । भ्ुाजेल समाज सेेवा समितिको आयोजनामा भएको सो भेलामा लक्ष्मण भुजेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
.....................................
झापाको युनाइटेड युथ कल्वले सुनसरीको इनरुवामा जारी डा केशरी राज कोइराला गोल्डकपको उपाधी चुमेको छ ।
धरान फुटवल कल्वलाइ सुन्यका विरुद्ध एक गालले हराउदै युनाइटेडले उपाधी उपाधी चुमेको हो । झापाकालागी अमित लोक्तमले मध्यान्तर अगाडीको २१ मिनेटमा गरेको गाल नै निर्ण्र्ाा गोल बन्यो । आजको खेलको म्यान अफ द म्याच युनाइटेडकै आजाद प्रधान भए ।
उपाधि विजेताले नगद १५ हजार र प्रमाणपत्र उप विजेताले १० हजार र प्रमाण पत्र हात पारेका छन .

No comments:

Post a Comment