राती १० बजेको सेरोफेरो चैत २

मोरङको टंकी सिनवारीमा अस्ति भएको दर्ुघटनामा मृत्यु हुने नेपाली कग्रेसका सभाषद बोधनारायण सरदारको भएको पुष्टि भएको छ ।
गत शुक्रबार मोरङको टंकी सिनवारीमा दर्ुइ मोटरर्साईकल एक आपस ठक्कर खाई भएको दर्ुघटनामा मृत्यु हुने २ जनामध्ये सनाखत हुन नसकेका अर्का १ जना नेपाली कांग्रेसको समानुपातीक सभासद बोध नारायण सरदार भएको पुष्टि भएको हो ।
सुनसरीको मधेली ५ घर भएका ३५ बषिर्य सभाषद सरदार ३ दिनसम्म घरमा नआएपछि आफन्तले खोजी गर्ने क्रममा आज दर्ुघटना भएको उहाको को ४ प ६७७८ नम्बरको मोटरर्साईकल मोरङको निमुवा स्थित प्रहरी चौकीमा फेला परेपछि सो दर्ूघटनामा मृत्यु हुने सभासद सरदार रहेका पुष्टि भएको हो ।
बिराटनगरबाट इटहरी तर्फआईरहेको को ४ प ६७७८ नम्बर र विपरित दिशातर्फजादै गरेको को ५ प ४११० नम्बरको मोटरर्साईकल अस्ति बिहान करिब सभा १० बजे एक आपसमा ठक्कर खादा दुहवी ९ का लोकेश पोख्रेल र सभासद सरदारको मृत्यु भएको थियो ।
पाख्रेलको उपचारको क्रममा धरान स्थित बिपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने सभासद सरदारको र्घाईते भई उपचार गर्न लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।
यसैबिच निमुवा प्रहरी चौकीले घटनालाई दवाएको भन्दै स्थानियबासीले साझकोशी राजमार्ग अवरुद्ध पार्दै निमुवा प्रहरी चौकीमा पर््रदर्शन समेत गरेका छन् ।
सोहि घटनाका बिषयलाई लिएर ट्रेड युनियन कांग्रेस सुनसरीले आपत्ति जनाएको छ ।
घटना दवाउने प्रयास गरेको भन्दै युनियनले घटनाको स्पष्ट छानबिन नगरेसम्म मजदुरहरुले आन्दोलन जारी राख्ने पनि युनियनका सुनसरी सचिव अयुव हुसेनले बताउनु भयो ।
प्रहरीले सभासदसँग रहेको नगद ६२ हजार, डेढ तोलाको सुनको सिक्रि र आधि तोलाको औठि समेत लुकाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सोहि सामग्रीको खोजबिन हुने आशंकामा प्रहरीले घटनालाई लुकाएको हो ।
..................................
धनकुटाको भेडेटारमा दिउसो भएको आगलागीमा परि ६ घर जलेर नष्टहुदा ११ लाख बढिको क्षती भएको छ ।
दिउसो र्सवजित राइको घरबाट आगलागी भएको हो । आगलागीमा परि स्थानिय गुणराज लिम्बु, वीर बहादुर राइ, अर्जुन राइ, रतन राइ र विश्वराज राइको घर जलेको हो ।
घरसगै अन्न लत्ताकपडा र गर गहना जल्दा ११ लाख बढिको क्षती भएको प्रहरीको भनाइ छ । स्थानियबासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
.....................................
जिल्ला प्रसासान कार्यलय सुनसरीले आज देखी स्वेच्छिक घर र्फकन चाहने कोसी पिडीतलाइ प्रति परिवार ५० हजार रुपौयाका दरले राहात बितरण शुरु गरेको छ ।
पहिलो दिन ६५ परिवारे राहात बितरण गरेको जिल्ला प्रसासान कार्यलय सुनसरीले जनाएको छ । कोसीले गएको भदौ दुइ गते पर्ुर्वी तटबन्ध भत्काउदा बिस्थापीत भएकोहरुलाइ घर बनाृउन सो रकम दिने ४ महिना अघि निर्ण्र्ाागरेको थियो ।
सरकारले घर फिर्न चाहानेहरुलाई जिल्ला प्रसासन कार्यलय सुनसरीमा निवेदन दर्ता गराउन लिखीत निवेदन माग गरेपछि
२६ सय २२ कोसी बिस्थापीत परिवारले निवोदन दर्ता गराएका थिए ।
एक महिना अघि नै निवेदन दर्ता गराउन जिल्ला प्रसासन कार्यलय सुनसरीले सुचना टास्ा गरे शुरुमा कोसी बिस्थापीतले सो रकम अपुग भएको भन्दै बिरोध गरेका थिए ।
बिवाद र अवरोधका बावुजुत पनि घर फिर्न चाहानेहरुको सङख्या भने उल्लेख्य रहेको जिल्ला प्रसासन कार्यलय सुनसरीले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हरेकृष्ण उपाध्यायले निवोदन परेक मध्यो छानवीन गर्दा बास्तबीक कोसी पिडीत ठहरीए सो राहात बितरण गर्ने बताउनु भयो । उहाँले कोसी पिडीतहरुको शिवीरमा गएर र यस अघि सकलन गरेको तथ्याङकको अधारमा राहात रकम बितरण गरिने बताउनु भयो ।
...................
उपस्वास्थ्य चौकीमा अहेव नबसे पछि समयमा उपचार हुन नसक्दा खोटामा एक विरामीको मृत्यू भएको छ ।
समयमा उपचार हुन नसक्दा खोटाङको च्यास्मिटार-७ घरकी १५ वषिर्य नमिता
र्राईको दिउसो जिल्ला अस्पताल खोटाङमा मृत्यू भएको हो । गत १२ दिन अघि देखि विरामी भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल ल्याएपछि मृत्यु भएको बताईएको छ । त्यस उपस्वास्थ्य चौकीमा कार्यरत अहेव राजकिशोर शाह १५ दिन अघि देखि विदामा घर गएपछि विरामीको उपचार हुन नसकेको हो ।
........................................
सुझाव संकलनका लागि मोरङको पथरीपुगेको टोलिलाई संघिय लिम्वुवान परिषद्का कार्यक्रताले काम गर्न अवरोध गरेका छन् ।
परिषदका कार्यक्रताले सुझाव संकलन कार्यका लागि गएको टोलीले लगेका नमुना सुझाव पत्र समेत जलाइ दिएका छन ।
सभाषदले लगेका संविधानसभाको सुझावका प्रश्नपत्रहरु सभाषदबाट खोसेर परिषदका कार्यत्रलताले जलाइ दिएका हुन । सुझाव संकलनका लागि गएको सभाषद् लालबहादुर सुस्लिङ मगरको टोलीलाई अवरोध गरेपछि सुझाव संकलन कार्य पनि स्थगित भयो ।
यस्तै सुझाव संमलनकालागी पाचथरको सुभाङ र भारपा पुगेका सभाषदलाइ पल्लो किरात लिम्बुवान राष्टियमञ्चका कार्यक्रताले अवरोध गरेका छन ।
.....................................
इटहरीमा भैरहेको पर्ुवाञ्चल खेलकुद महोत्सवबाट प्रहरीले साझ एक जनालाइ हतियार सहित पक्राउ गरेको छ ।
साझ साढे सात बजे नाइन एमएमको इटालीयन पेष्तोल सहित मोरङको शनिश्चरेका सन्तोष केशी पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
................................
अनियमित रुपमा विद्युत आपर्ुर्ति बन्द गरेकोे भन्दै पश्चिम दक्षिण झापाको ग्रमीण भेगका उपभोत्ताहरुले नेपाल विद्यत प्राधिकणको दमक शाखा कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
अपरान्ह गौरादह, गौरीगञ्ज, खजुरगाछी, लखनपुर, लगायत गाबिसबाट आएका उपभोत्ताहरुले लोडसेडिङको समयभन्द बढी बिद्यत कटौति गरेको बिरोधमा कार्यालय घेराउ गरि प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
२ सय बढी सख्यामा रहेका उपभोत्ताहरुले कार्यलयका सम्पर्ुण्ा प्रशासनिक कार्यलयमा केही समय धर्ना समेत दिएका थिए ।
उनीहरुले लोडसेडिङको समय बाहेक अनियमित तवरले विद्युत काटिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
गौरीगन्जका उपभोक्ता लक्ष्मी राजवंशीले अनियमित रुपमा विद्युत काटिँदा समस्या हुने गरेको गुनासो गरे ।
...............................
संखुवासभाका कृषकहरुले नापीले छुट गराएको जग्गा दर्ताको माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक ज्ञापन पत्र पठाएका छन् ।
उनिहरुले रणबहादुर थापा मगरको संयोजकत्वमा एक सय एक सदस्यीय जग्गा छुट दर्ता संर्घष्ा समिति गठन गर्दै सो माग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मार्फ उनिहरुले प्रधान मन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् । उनिहरुले २०३५ सालको नापीले व्यक्तिका नाममा दर्ता गर्न छुटाएको जग्गा दर्ता हुनु पर्ने माग गरेका छन् ।
व्यक्तिको जग्गा सामुदायीक बनाउन लागिएको भन्दै उनिहरुले समिति गठन गरेर आन्दोलनको समेत चेतावनी दिएका छन् । मालपोत तथा जिल्ला प्रशासन समेतले स्थानीयको आवाज नसुनको दावी गर्दै संर्घष्ा समितिले त्यस्का लागि जिल्ला मालपोत र प्रशासनमा दवाव समेत दिएका छन् ।
...........................
झापाको दमक स्थित बेलडाँगी भुटानी शिविरमा आगोले जलेर नष्ट भएका छाप्रा सफा गर्ने र खरानी हटाउने काम शुरु भएको छ ।
भुटानी शरणार्थीको पर्ुनस्थापनाको कार्य शुरु गर्न आजबाट सरसफाईको काम शुरु भएको बेलडाँगी २ सचिव नारमुनी सन्यासीले बताउनुभयो ।
दाता निकाय लुथरन विश्व फेडेरेसनले पाल वितरण गर्न शिविरसम्म पर्ुयाएको छ । तर अस्थाइ आवास निमार्ण्र्ााार्य भने शुरु भई नसकेको शिविर व्यवस्थापन कार्यालय ले जानकारी दिएको छ ।
तत्काललाई प्लाष्टिकका पालमा शरणार्थीको बसोवास मिलाउन दाताले काम थालेका छन् । बेलडाँगीमा गत बुधवार भएको आगलागिमा परी २ सय १४ छाप्रा जल्दा एक हजार भन्दा धेरै शरणार्थीको विचल्ली भएको छ ।
कतिपय शरणार्थीले आफन्त र छिमेकीकोमा शरणा लिए पनि बालवच्चा र बृद्धवृद्धालाई भने समस्या भएको छ ।
..............................
युथ थ्रीस्टार क्लब काठमाण्डौ मोरङ्को बिराटचौकमा सञ्चालित नेपाल-भारत आमन्त्रित प्रथम केबीआरयु कन्दङ्वा स्मृति गोल्डकप फुटबल प्रतियोगीताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
आज भएको प्रतियोगीताको अन्तिम क्बाटरफाइनल खेलमा धनकुटा फुटबल क्लबलाई ट्राइबेकरमा चारका बिरुद्ध पाँच गोलले हराउर्दै युथ थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेलमा थ्रीस्टारका प्रवीण कार्की र धनकुटाका सुमन र्राईले एक/एक गोल गरेर खेल बराबरीमा टुङगिए पछि थपिएको अतिरिक्त समयमा दुवै टीमले गोल गर्न नसकेकोले खेल ट्राइबेकरमा परिणत भएको थियो ।
ट्राइबेकरमा युथ थ्रीस्टारका प्रवीण कार्की, विवक गुरुङ्, सोनाम लामा, टंक लामा र हेम माझीले गोल गरे । युथ थ्रीस्टारका केशब सेरचनले प्रहार गरेकेा बल भने गोलमा परिणत हुन सकेन् ।
धनकुटाका तर्फाट सुदिप बस्नेत, सुदीप उराव, सागर घिमिरे र बद्री र्राईले गोल गरे । धनकुटाका सुमन श्रेष्ठ र उमेश र्राईले प्रहार गरेको बल भने गोलमा परिणत हुन सकेन् ।
आजको प्रतियोगीतामा युथ थ्रीस्टारका सन्तोष लाङ्घाली म्यान अफ द म्याच घोषित भए ।
...............................
मोरङको उर्लावारीमा जारी पर्ुवाञ्चल स्तरिय रिकभरिङ फुटवल प्रतियोगीताको आजको खेल मोरङको बेलबारी रिकभरिङले जितेको छ ।
खेलमा आज इटहरी रिकभरिङलाइ १ का विरुद्ध ११ गोलको भारी अन्तरले हराउदै बेलबारी दोस्रो चरणमा प्रवेस गरेको हो ।
आजको खेलको म्यान अफ द म्याच बेलबारीका डेनी लिम्बु भए ।
प्रतियोगीतामा पर्ुवका आठवटा रिकभरिङ समुहको सहभागीता रहेको आयोजक समितीका संयोजक प्रेमचन्द राइले बताउनु भयो ।

No comments:

Post a Comment