राती १० बजेको सेरोफेरो चैत ९


मधेशी जनअधिकार फोरमका नेता तथा भौतिक योजना तथा निर्माण मन्त्रि बिजयकुमार गच्छदारले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना नगर्ने बताउनु भएको छ ।
उहाँले आचारसंहिता अव्यवहारीक भएको भन्दै उल्लंघन गर्ने घोषणा गर्नुभएको हो ।
बिराटनगरमा अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै मन्त्रि गच्छदारले चुनाव प्रचारका लागि निर्वाचन क्षेत्रमा जान नहुने भनी तयार गरेको आचारसंहिता अव्यवहारीक भएको बताउनुभएको हो ।
उहाँले आचारसंहिता पालना गर्ने हो भने बिराटनगर वा सुनसरी जिल्ला घर भएका मन्त्रिहरु बिराटनगर विमानस्थल नै जान नसक्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रि रेणुकुमारी यादव लगायतका नेताहरुले आचारसंहिताको विरोध गर्दै कुनै पर्वाहा नगर्ने बताउनुभएको छ । कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले आदीवासी जनजाती र अन्य समुदायबीचको विभेद अन्त्य गर्ने अभियानमा आफुहरु जुटिरहेको बताउनुभएको छ ।
बिराटनगरमा अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिदै अध्यक्ष यादवले हरेक प्रकारका विभेदका विरुद्धमा आन्दोलित हुन र अधिकार प्राप्तिको लर्डाईमा सरिक हुन आग्रह गर्नुभयो ।
आगामी चैत्र २८ गते हुने संविधान सभाको उप निर्वाचनको प्रचारका लागि बिराटनगर आउनु भएका अध्यक्ष यादवले मधेशी जनताले सामाजिक प्रजातन्त्रवादी शक्तिको रुपमा स्थापीत भएको पार्टर्ीीई विजयी गराएमात्र हरेक प्रकारको विभेद अन्त्य गर्न सकिने दावी गर्नुभयो ।
कार्यक्रममा बोल्दै पार्टर्ीी सहअध्यक्ष जयप्रकास प्रसाद गुप्ताले उप निर्वाचनको परिणामले मधेश आन्दोलनको रक्षा गर्ने वा क्षती व्यहोर्ने भन्ने निर्ण्र्ाागर्ने बताउनुभयो । फोरमले निर्वाचन प्रचारका लागि आफ्ना चारै जना मन्त्रिलाई बिराटनगरमा केन्द्रीत गरेको छ ।
....................................................
जारी बन्द हड्ताल खुलाउन बसेको जिल्ला सुरक्षा समिति झापाको बैठकले दमकमा भोलि हुने पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चको कार्यक्रममा प्रतिबन्ध लगाउने निर्ण्र्ाागरेको छ ।
मञ्चले अरुण पर्ूवका नौ वटा जिल्लालाई छुट्टै राज्य घोषणा गर्न माग गर्दै कार्यक्रम गर्न लागेकाले त्यसलाई प्रतिबन्ध लगाउने निर्ण्र्ााभएको झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले बताउनुभयो ।
बैठकले भोलिदेखि झापामा प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालन गर्ने निर्ण्र्ाापनि गरेको छ । स्कर्टिङका बेला अवरोध गर्नेलाई कडा कार्वाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको पनि प्रजिअ दाहालले बताउनुभयो ।
यसैविच पाँच दिनदेखिको बन्द र लिम्बूवान ज्यादतिको विरोध गर्दै नागरिक समाजले झापाका विभिन्न स्थानमा आज पर््रदर्शन गरेका छन् ।
लिम्बूवान कार्यकर्ताले निर्दोष नागरिकमाथि ज्यादति गरेको भन्दै नागरिक समाज चारपानेको अगुवाईमा आज दिउँसो विर्तामोडमा निस्किएको विरोध जुलुसमा हजारौं र्सवसाधारणको सहभागिता थियो ।
जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मी, अधिकारकर्मी, पेशाकर्मीको र्समर्थन रहेको विरोध जुलुशले विर्तामोड नगर परिक्रमा गरी सभामा परिणत भएको थियो ।
चारपानेको जुलुशलाई शनिश्चरे, अर्जुनधारा, सुरुङ्गा र अनारमनीका बासिन्दाले र्समर्थन जनाउँदै पर््रदर्शन गरेका थिए । यसअघि दैनिकजसो लिम्बूवान कार्यकर्ता र चारपानेबासी बीच झडप हुँदै आएको छ ।
यसैबीच, आन्दोलनरत संघीय लिम्बूवान राज्य परिषद र नेपाल पत्रकार महासंघ झापा शाखाबीच तीन बुँदे सहमति भएको छ ।
साझ महासंघको कार्यालयमा भएको वार्तामा सो सहमति भएको हो । सहमतिपछि लिम्बूवानका औपचारिक समाचार वहिष्कार गर्ने पत्रकारको निर्ण्र्ााफिर्ता भएको पत्रकार महासंघ झापाका सहसचिव राजेन्द्र गौतमले बताउनुभयो । वार्तामा प्रेसमाथि आक्रमण नगर्ने, आगजनीबाट क्षत्रि्रस्त पत्रकारका सवारीसाधनको क्षतिपर्ूर्ति १० दिनभित्र दिने र प्रशासनसँग वार्ताको वातावरण मिलाएर बन्द फिर्ता लिने सहमति भएको छ ।
यसअघि महासंघका कोषाध्यक्ष कृष्ण मिश्रमाथि लिम्बूवान कार्यकर्ताले आक्रमण गरी उहा सवार मोटरसाइकलमा आगजनी गरिएपछि झापाली पत्रकारले लिम्बूवानका समाचार वहिष्कार गर्दै आएका थिए ।
यता उद्योग बाणिज्य संघ इटहरीले बन्दले जनजिवनमा नकारात्मक प्रभाव पारेको भन्दै तत्काल बन्द फिर्ता लिन सम्बन्धित पक्षसंग आग्रह गरेको छ । संघले बिज्ञप्ती निकाली बन्दले र्सवसाधारणलाइ असर पारेको भन्दै भोली देखी बनद फिर्ता लिन आग्रह गरेको हो । यस्तै प्याब्सन सुनसरीले पनि विज्ञप्ती निकाली बन्द हडताल तत्काल फिर्ता लिन आग्रह गरेको छ । लगातारको बन्द र हडतालले बिद्यालयमा हुनेे बाषिर्क परिक्षा समेत प्रभावित भएको भन्दै बन्द हडताल फिर्ता लिन आग्रह गरेको हो ।
लिम्बुवान सम्बद्ध बिभीन्न समुहहरुले तिन दिन देखी गरेको अनिश्चितकालिन बन्दले पर्ुबको जनजिबन थप कष्टकर बनेको छ ।
बन्दले बजारहरुमा खाद्यन्न लगायत दैनिक उपभोग्य बस्तुको अभाब हुन थालेको छ ।
ग्रामीण क्षेत्रहरुमा औषधी उपचारको अभाब भएको बताइएको छ । विभिन्न अस्पतालमा रहेका बिरामी कुरुवाहरु घर र्फकन नपाएर बिचल्लीमा परेका छन् ।
यता बजार कलकारखाना बन्दहुदा मजदुरी गरेर जिबन चलाउने मजदुरहरुको बिजोग भएको छ
स्वतन्त्र बिधार्थी युनियनको निर्बाचनका क्रममा गत बिहीबार झापाको धुलाबरी क्याम्पसमा प्रहरी संगको झडपमा परी मृत्यु भएको लिम्बुवान संम्बद्द बिधार्थी मनिल तामाङ लाइ सहीद धोषणा गर्नु पर्ने र गृह मन्त्रिले राजीनामा दिनु पर्ने लगाएतका माग गर्दै लिम्बुवान सम्बद्द संगठनहरुले बन्दको आब्हान गरेका हुन् ।
यस्तै बिभीन्न १० सुत्रिय माग राख्दै आन्दोलमान उत्रिएको पिछडा बर्ग माहासङगको बन्दका कारण सुनसरी सप्तरी सिराहा क्षेत्रमा यातायात चल्न सकेका छैनन् ।
माहासंघको बन्दको दोस्रो दिन आज पनि र्सलाही,सिराहा,सप्तरी,सुनसरी र मोरगंको जनजिवन प्रभावित भएको छ । पिछडा वर्गलाई आरक्षण लागु गर्नुपर्ने, सरकारी स्तरमा पिछडा वर्ग प्रतिष्ठान गठन गरिनु पर्ने, सम्पर्ूण्ा जाति, भाषा संविधानमा समेट्नु पर्नेलगायतका माग राख्दै बन्द गरेको हो ।
पटक-पटक गरिएको बन्दका कारण तर्राईमा जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण तर्राईमा शिक्षण संस्था, कलखारकाना, व्यवपार तथा यातायात सुचारू हुन नसक्दा जनजीजवन अस्तव्यस्त भएको छ ।
उता क्रान्तिकारी विधार्थीहरुले सखुवासभामा सभासद चढेको गाडीमा तोडफोड गरेका छन ।
वन्दको अवज्ञा गरेको भन्दै वा ४ च ९१२२ नम्वरको गाडीमा तोडफोड गरेका हुन ।
सभासद डम्वर वहादुर खड्का लगायत चार जना सभासद चढेको गाडीमा कान्तिकारी विधार्थीहरुले तोडफोड गरेको सखुवासभा जिल्ला प्रहरीले जनाएको छ । स्ववियु चुनावमा भएको झडपको विषयलाइ लिएर क्रन्तिकारीले संखुवासभा बन्दगर्दै आएका छन ।
लिम्बुवान कार्यकर्ताले ताप्लेजुङ जिल्लाका आधा दर्जन सरकारी कार्यालयमा ताला बन्दि गरेका छन् । यता स्ववियु निर्वाचनको विरोध गर्दै लिम्बुवान विद्यार्थी परिषदले चार दिनअघि झापाको सुरुङ्गास्थित कनकाई क्याम्पसमा लगाएको ताला आज स्थानीय बासिन्दाले तोडिदिएका छन् ।
यसैविच संघिय लिम्बुवान राज्य परिषदले भोली देखी मोटरसाइकल र पसल भने खोल्न दिने निर्ण्र्ाागरेको छ । आज बसेको परिषदको बैठमले त्यस्तो निर्ण्र्ाागरेको संघिय बिद्यार्थी परिषदका लोक सागर साम्बाले बताउनु भयो ।
...................................
धनकुटामा स्थानीय राजनीतिक कार्यकर्ताहरुबीच झडप भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न प्रशासनले आज बिहान २ घण्टाका लागि हटाएको कफर््यु फेरी लगाएको छ ।
जिल्ला प्रहरी कार्यालयले धनकुटाले आज बिहान साढे ११ बजे देखि लागू हुनेगरी अनिश्चितकालीन कर्फयु आदेश जारी गरेको जानकारी दिएको छ ।
वाईसिएल र एमाले कार्यकर्ताबीच हिँजो भएको झडपमा आधा दर्जन घाइते भएपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशाशनले हिँजो साँझ सात बजेदेखी लगाएको कफर््र्यू आज विहान साढे नौ बजेदेखी साढे ११ वजेसम्मका लागि हटाएको थियो ।
.................................
युवा तथा खेलकुद मन्त्रि गोपाल शाक्यले राष्टिय एकताकालागी खेलाडीहरु एकजुट हुनु पर्ने बताउनु भएको छ । धरानमा पर्ुवाञ्चल स्तरीय बास्केटबल प्रतियोगीताको छनौट कार्यक्रममा सम्बोधन गर्दै मन्त्रि शाक्यले राष्टिय एकताकालागी खेलाडीहश्रको महत्वपर्ुण्ा भुमिका हुने बताउनु भयो ।
उहाले खेलको विकासका लागी सरकार सधै खेलाडीको साथमा रहेको पनि बताउनु भयो ।
...................................
नेपाल-भारत सुरक्षा अधिकारीहरुको भारत अररिया जिल्लाको बथनाहामा दिउसो भएको बैठकमा आगामी २८ गते मोरङको क्षेत्र नम्बर ५ र ७ मा हुने उपनिर्वाचनका लागि ३६ घण्टा सीमा बन्द गर्ने सहमति गरेका छन् । चैत २७ गते बिहानदेखि २८ गते बेलुकासम्म सीमा बन्द गर्ने दुबै देशका अधिकारीहरुले सहमति गरेका छन् ।
सखुवासभाका सप्तकोशी सहकर्मी किशेार वुढाथोकी विस्थापित हुनु भएको छ ।
नेक पा माओवादीका सदस्य कुवेर प्रसाद भेटवालले स्ववियु निर्वाचनमा क्रान्तिकारी विधार्थीको समाचार नलेखेको भन्दै ज्यान मार्ने धम्की दिएपछि सहकर्मी किशोर वुढाथोकि आज धरान आइपुग्नु भएको छ ।
उहा चैत ६ गते स्ववियु निर्वाचनको चुनाव भएको दिन भागेर आज धारान आइपुग्नु भएको हो
धरानमा आज नेपाल पत्रकार महासंघ पर्ूवाञ्चलका संयोजक किशोर कुमार कार्की ,नेपाल पत्रकार महासंघ सुनसरीका सभापति राजेश व्रि्रोही र प्रेस चौतारी सुनसरीका उपाध्यक्ष भीम र्राई ज्वालालाई भेटेर उहाँले आफ्नो जिवन रक्षाका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरी र प्रेश चौतारी सुनसरीले आज छुट्टा छुट्टै प्रेश विज्ञप्ती प्रकाशन गरेर पत्रकार बुढाथोकीलाई ज्यान मार्ने धम्की दिएको बिषयमा भर्त्सना गरि दोषीलाई कार्वाहीको माग गरेको छ ।
.....................
नेपाल पत्रकार महासंघ मोरङले सुझाव संकलनका लागि जिल्ला आएको सभाषद्हरुको टोलिलाई विभिन्न सात बुदें सुझाव पेश गरेको छ ।
महासंघले बिराटनगरमा आयोजना गरेको छालफल कार्यक्रममा संविधान सभा सुझवा संकलनका लागि मोरङ र भोजपुर जिल्लामा खटिएको टोली संयोजक लालबाबु पंडित सहितको समुहलाई अभिव्यक्ति स्वतन्त्रता सहितको सुझाव पेश गरेको हो ।
अभिव्यक्ति स्वतन्त्रतालाई संवैधानीक प्रत्याभुतीको व्यवस्था गर्नुपर्ने, सुचनाको हक व्यापक रुपमा लागु गरिनुपर्ने, सरकारले संचारमाध्यम संचालन गर्न नहुने, नियमीत रुपमा प्रकाशीत नहुने पत्रिकाहरुको दर्ता खारेजी गर्न सक्ने व्यवस्था हुनुपर्ने, लगायतको सुझावहरु दिएको छ भने विदेशि लगानीमा संचार माध्यम संचालन गर्न नहुने व्यवस्थागर्न पनि सुझाव दिएको छ ।
यसैगरी मोरङमा १० दिन खटिएको टोलिले २ लाख भन्दा बढी सुझाव संकलन गरेर फर्किएको छ ।
सभाषद्हरुलाई बिराटनगरका वालवालिकाहरुले पनि सुझाव दिएका छन् ।
वालवालिकाहरुले विपन्न तथा सिमान्तकृत , दलित र श्रमिक वालवालिकाहरुलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने संविधान निर्माण गर्न सुझाव दिएका थिए ।
सुझाव दिन बिराटनगर र ग्रामिण क्षेत्रका करिव ५० अपाङ्गता भएका र श्रमिक तथा विपनन वर्गका वालवालिका उपस्थित थिए ।
.........................................
सुनसरीको इनरुवामा कलेज बस दर्ुघटना हुदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
विश्व आदर्श कलेज इटहरीका विधार्थीलाइ घर पुरयाउन हिडेको ना ३ ख १९२९ नम्वरको वस सुनसरीको इनरुवा स्थित सखुवा गाछीमा दर्ुघटना हुदा एलिसा श्रेष्ठ मृत्यु भएको हो ।
दर्ुघटनमा गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका लागि धरान लैजादै गर्दा बाटैमा मृत्यू भएको प्रहरीले जनाएको छ । घाइते भएका सवैको अहिले विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते मध्ये चार जानको अवस्था गम्भिर रहेको प्रतिस्ठान प्रहरीले जनाएको छ ।
यसै गरि ट्रकबाट खसेर विराटनगरमा एकजनाको मृत्यु भएको छ ।
इर्स्र्टन सुगर मिल सुनसरीको ना १ ख ८४६३ नम्बरको ट्रकबाट खसेर खलासी नितेस लाखेको मृत्यु भएको हो ।
ट्रकबाट खसेर घाइते भएका लाखेको उपचारका क्रममा कोशी अञ्चल अस्पताल विराटनगरमा कृत्यु भएको प्रहरीले बताएको छ ।
उता सुनसरीको सोनापुरमा बा १ ख ७४४८ नम्बरको मिनिबसको ठक्करबाट २ जना घाइते भएका छन । बसको ठक्करबाट साइकलमा सवार मोरङको केरौनका जयराम राजवंशी र उहाकी बहिनी अन्जु राजवंशी घाइते भएको प्रहरीले बताएको छ । दुवैजनाको धरानमा उपचार भैरहेको छ ।
उतासप्तरीको राजविराज स्थित भलवाइ व्यारेकमा कार्यरत शैनिक जवान मृत फेला परेका छन । विहान ड्युटीमा रहेका शैनिक जवान शंकर तिम्सीना मृत अवस्थामा फेला परेका हुन । भोजपुर घर भएका २४ बषिर्य तिम्सीनाको मृत्युको कारण सेनाले खुलाएको छैन ।
==================
इटहरीको जनता बहुमुखी क्याम्पसमा अखिल क्रन्तिकारी र नेविसंघले गरेको तालाबन्दि तत्काल खोल्न अनेरास्ववियुले माग गरेको छ ।
क्याम्पसमा तालाबन्दि हुदा बिद्यार्थीको पठन पाठनमा अवरोध भएको भन्दै अनेरास्ववियुको प्रंारम्भिक कमिटी जनता क्याम्पसले तालाबन्दि खोल्न माग गरेको हो ।
नेपाल बिद्यार्थी सङघ र आखिल क्रान्तीकारीले जनता क्याम्पसमा स्ववियु निर्वाचन पुन हुनु पर्ने माग राख्दै तालान्दि गरेका हुन ।
निर्वाचनको परिणाम एकलौटी धाँधली पर्ुण्ा भएको भन्दै निर्वाचन नभए सम्म आन्देालन गर्ने चेतावनी सहित उनिहरुले तालाबन्दि गरेका हुन ।
गत ६ गते सम्मपन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुका सभापति उमेद्धार पुनम चौधरी सहित प्यानल नै विजयी भएको थियो ।

No comments:

Post a Comment